काठमाडौं । नेपाली तेक्वान्दो टोली सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुधबार भारतको गोवा गएको छ । मे २१ देखि २३ सम्म हुने प्रतियोगितामा सहभागी हुन सात खेलाडीसहित ९ सदस्यीय टोली भारत गएको हो ।
प्रतियोगितामा पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा,६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का, ३२ केजीमुनि रघुनाथ भण्डारी र २९ केजीमुनि आभास डिओले खेल्ने छन् । सब जुनियरमा सहभागी हुने तीनै खेलाडीले एकल पुम्सेमा पनि प्रतिस्पर्धा गर्नेछन् ।
क्याडेट महिलाको ३३ केजीमुनि र एकल पुम्सेमा सुसन्ध्या खड्काले सहभागिता जनाउने छिन् । टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा छन् ।
भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1