मंसिर ६, २०८१ बिहीबार | १५:१९:२६
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

नेपाल प्रहरीलाई टेबलटेनिस लिगको उपाधि

च्याम्पियन नेपाल प्रहरी ।

काठमाडौं । गत संस्कणको उपविजेता नेपाल प्रहरी क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग, सिजन २ को उपाधि शनिबार जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमाशनिबार भएको फाइनलमा प्रहरीले  आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले गर्यो ।

समान २ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ खेल खेल्नु पर्नेमा प्रहरीले ४ खेलमै जितका लागि आवश्यक ८ अंक बटुल्यो ।

पहिलो पुरुष सिंगल्समा हमर साङगाले प्रहरीका वंश सिंघललाई ११-९, ५-११, ११-९ को सेटमा पराजित गर्दै स्ट्यागलाई २-१ को अग्रता दिलाए ।

महिला सिंगल्समा प्रहरीकी लक्षिता नारङले स्ट्यागकी त्रिशा गोगोइलाई ११-६, ५-११, ११-६ ले हराउदै खेललाई ३-३ को बराबरीमा ल्याइन् । 

मिक्स डबल्समा लक्षिता र संयोग कपालीको जोडीले स्ट्यागका त्रिशा र गनञ्जय दाहालको जोडीलाई १०-११, ११-९, ११-१ ले पराजित गरेपछि प्रहरी ५-४ ले अगाडि बढ्यो ।

अर्को पुरुष सिंगल्समा प्रहरीका संयोगको प्रदर्शननै निर्णायक बन्यो । संयोगले स्ट्यागका गनञ्जयलाई ३-० को सोझो सेटमा हराउँदै जितका लागि आवश्यक ८ अंक बटुले ।

संयोजक ११-७, ११-४,११-९ ले विजयी भए । त्यसपछि प्रहरीकी नविता श्रेष्ठ र स्ट्यागकी सुस्मिता खड्काबीच तय भएको महिला सिंगल्स खेल्नु परेन ।

विजेता प्रहरीले २ लाख तथा उपविजेता स्ट्यागले १ लाख रुपैयाँ प्राप्त गरे ।

नेपाल एपिएफ क्लब र नवप्रवेशी टोली यल टेबलटेनिस संयुक्तरुपमा तेश्रो भए । दुवैले समान ५० हजर रुपैयाँ पाए ।

शीर्ष तीन स्थान हात पार्ने टोली मध्ये एपिएफमा मात्र विदेश खेलाडी थिएनन् । बाँकी ३ टोलीले समान २ विदेशी खेलाडी अनुबन्ध गरेका थिए ।

प्रतियोगितामा यी चारसहित ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी र रेड टाइल्स गरी ७ सहभागी थिए ।

विजेतालाई सह-प्रायोजक पनि रहेका अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशीलगायतले पुरस्कृत गरे ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin