काठमाडौं । स्पिन इभेन्टसको आयोजनामा अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको चौथो संस्करण मंसिर ११ देखि १५ गते सम्म हुने भएको छ ।
सुमन खड्गीले मुख्य तथा दि हाण्डीक्राफ्ट र रवि धाख्वाले सह-प्रायोजकका रूपमा प्रतियोगितालाई साथ दिने भएका छन् ।प्रतियोगिताको आधिकारिक बल पार्टनरमा दि एच एस र क्लोडिङ पार्टनरमा गोर्खा एथलेटिक्स छन् ।
स्पिन इभेन्टसले मंगलबार मुख्य प्रायोजक, सह-प्रायोजक र पार्टनरसँग सम्झौता गरेको छ ।
लैनचौर टेबल टेनिस हलमा हुने प्रतियोगितामा पुरुष/ महिला , यु-१६ ब्वाइज/ गर्ल्स, भेट्रान ४० वर्षमाथि पुरुष /महिला, भेट्रान्स ५० र ६० वर्षमाथि पुरुष गरि ११ विधा समावेश छ । सबैमा एकल स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
पुरुष/ महिला एकलका विजेताले ३० हजार उपविजेताले १५,००० र सेमिफाइनबाट बाहिरिनेले जनही १३ हजार ७५० रुपैयाँ प्राप्त गर्नेछन् ।
यु-१६ तथा भेट्रान्सका शीर्ष तीनलाई क्रमशः १० हजार, ५,००० र २ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ ।
यसैगरी पदकका आधारमा शीर्ष स्थानमा रहने वडालाई रनिङ शिल्ड प्रदान गरिनेछ । यसैगरी पुरुष महिला तथा यु १६ ब्वाइज गर्ल्सका विजेताले ओनरको एक्स सेभन सी मोबाइल पनि प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ४५० खेलाडीको सहभागिता रहनेछ ।