जेष्ठ २१, २०८२ मंगलबार | १६:५५:५१
लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने

५० मिटर ब्याकस्ट्रोकमा गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडाैं । नेपाली पैडीबाज गौरिका सिंहले जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसीपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

 ५०मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै ३१.४४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

गौरिकाले बुधबार  सन् २०१६ मा गोहाटीमा आयोजना भएको १२औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् ।

गौरिकाले यसै च्याम्पियनसीपमा १ सय मिटर ब्याकस्ट्रोकमा पनि नयाँ किर्तिमान राखेकी थिइन् ।

ओलम्पिकको छनोट प्रतियोगिता समेत रहेको च्याम्पियनसीपको आज भएको पुरुष तर्फको १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि सामान्य सुधार गर्दै नयाँ किर्तिमान कायम गरेका छन्  ।

एलेक्सले हालै सम्पन्न ११औं एनएसए कप च्याम्पियनसीपमा बनाएको ५२.९६ सेकेन्डको कीर्तिमान सुधार्दै ५२.९४ समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २ सय मिटर फ्रिस्टायलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनट १२.४६ दुरी पूरा गरेकी थिइन् । यसअघि डुवानको व्यक्तिगत समय २ मिनेट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

अब नेपाली खेलाडीको दुई खेल बाँकी छ । बिहिबार डुवाना लामाले १ सय मिटर फ्रिस्टायल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY