माघ २३, २०८१ बुधबार | २१:३०:५८
डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार

न्यु होराइजन च्याम्पियन

च्याम्पियन न्यु होराइजन ।

भैरहवा । बुटवलको न्यु होराइजन मावि स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताकाे ११औं संस्करणमा च्याम्पियन बनेको छ ।

मंगलबार सिद्धार्थ रंगशाला भैरहवामा सम्पन्न फाइनलमा न्यु होराइजनले देवदह बुद्ध माविलाई पाँच विकेटले गर्यो ।

उपाधिसंगै न्यु होराइजनले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेता देवदह बुद्धले २५ हजार रुपैयाँसहित ट्रफी पाएको छ ।

देवदहले प्रस्तुत गरेको ७१ रनको लक्ष्य न्यु होराइजनले १९.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । न्यु होराइजनका लागि समीरजंग सिंह ठुरीले अविजित २० र अनिश भट्टराईले १९ रन बनाए ।

देवदहका लागि कृष केसीले दुई तथा रोहन कुँवर र आयुष विकले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल तयार पारेको थियो । देवदहका लागि दिक्सन थापाले १६, आयुश पाण्डेले १५ र अध्ययन न्यौपानेले ११ रन बनाए ।

न्यु होराइजनका निरज घिमिरे र राहुल नाउले समान तीन तथा अनिश भट्टराई, सुप्रिम कँडेल र प्रिन्स पालले समान एक विकेट लिए ।

न्यु होराइजनका प्रिन्स पाल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

न्यु होराइजनकै राहुल नाउ उत्कृष्ट ब्याटर र सुप्रिम कँडेल बलर चुनिए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । यसैगरी कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुल अनुशासित टिम घोषित भयो ।

प्रतियोगिता रुपन्देही क्रिकेट संघको आयोजना तथा पर्वत ज्वेलर्सको मुख्य प्रायोजनामा भएको थियो ।


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो