काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालयका ब्वाइज गर्ल्सको ‘ए’ टोलीले दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलमा मंगलबार जित निकालेका छन् ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइजतर्फ काष्ठमण्डपले मिल्सबेरीलाई २७–११ ले पराजित गर्यो । गर्ल्तर्फ काष्ठमण्डपले एलआरआइलाई १७-६ ले हरायो ।
यसैगरी फुटसलको सिनियर ब्वाइजमा विल्सन एकेडेमीले काठमाडौं विद्याकुञ्ज ए’ एलाई ५-० तथा एलआरआइले जोन डेवीलाई २-० ले हराए ।
जुनियर ब्वाइजमा विल्सनले काठमाडौं विद्याकुञ्ज ‘बी’ लाई २-०, द चाँदबाग स्कुलले लिटिल वन्डरलाई ४-० तथा अध्ययनले टिआइएलाई ५-० ले निरास बनाए।
सिनियर गर्ल्समा काठमाडौं वर्ल्ड स्कुलले जोन डेवीलाई २-१ र काठमाडौं विद्याकुञ्ज ‘बी’ लाई ८-० तथा अध्ययनले टीआईएलाई ८-३ ले पराजित गरे ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान र काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापाले संयुक्त रूपमा गरे ।
बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा गर्ल्समा ८ टिम सहभागी छन् । फुटसलको सिनियर ब्वाइजमा ११, जुनियर ब्वाइजमा १२ र सिनियर गर्ल्समा ८ टिमले भाग लिएका छन् ।