दिभंगत प्रशिक्षक हलवाईको परिवारलाई भारोत्तोलन परिवारको सहयोग 

काठमाडौं, (खेलाडी)- कोभिड १९ को संक्रमणमा परी गत महिना निधन भएका भारोत्तोलन प्रशिक्षक शकिल हलवाइका परिवारलाई भारोत्तोलन परिवारले आर्थिक सहयोग प्रदान गरेको छ । 

भारोत्तोलन प्रशिक्षक तथा खेलाडी परिवारले संयुक्त रुपमा संकलन गरेको रकम हिजो हलवाइका परिवारलाई हस्तान्तरण गरियो । त्यसका लागि ललितपुर जिल्ला भारोत्तोलन संघका उपाध्यक्ष राजीव खड्गीले पहल गरेका थिए ।

हलवाइको गत बैशाख २३ गते कोभिड १९ का कारण निधन भएको थियो । हलवाइ नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली भारोत्तोलन टिमको प्रशिक्षक मध्ये एक हुन् ।

हलवाइका परिवारलाई ३६ हजार नगद प्रदान गरिएको उपाध्यक्ष खड्गीले जानकारी गराए । त्यस्तै भारोत्तोलनका पहिलो पुस्ताका खेलाडी मध्येका एक स्व. नवराज कैनीको परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको उपाध्यक्ष खड्गीले जानकारी गराए ।