भारत्तोलन राष्ट्रिय प्रतियोगिता

राष्ट्रिय भारोत्तोलन पुस २७ देखि

काठमाडौं । राष्ट्रिय भारात्तोलन प्रतियोगिताको पुरुषतर्फ २४औं र महिलातर्फ नवौं संस्करण पुस २७ गतेदेखि हुने भएको छ । 

नेपाल भारोत्तोलन संघको आयोजनामा हुने प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

प्रतियोगिताबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलमा अध्यक्ष श्रेष्ठले करिब २ सय खेलाडी सहभागी हुने पनि बताए ।

जुनियर/सिनियर तथा युथ स्पर्धामा पुरुष/महिला दुवैतर्फ विभिन्न ४० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । सहभागी टोलीको खाना, बसोवास र यातायात खर्च आयोजक संघले व्यहोर्ने पनि आयोजकले जानकारी दिएको छ । तीनदिने प्रतियोगिताका खेलहरू मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्युटमा हुनेछन् ।

अध्यक्ष श्रेष्ठले कोभिड– १९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गरे ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।