स्येतोलिना फ्रेन्च ओपनको अन्तिम ३२ मा 

पेरिस, (खेलाडी)- पाँचौं वरियाताकी एलिना स्येतोलिनाले अमेरिकाकी आन लीमाथि ६-०, ६-४ को सहज जित निकाल्दै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान सुरक्षित गरेकी छिन् । 

युक्रेनकी स्येतोलिनाले फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएको यो लगातार सातौं पटक हो । तीन पटक क्वार्टरफाइनल खेलिसकेकी स्येतोलिनाले अघिल्लो चरण प्रवेशका लागि अब चेक गणतन्त्रकी बारबारा क्रेजिकोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।

क्रेजिकोभाले रुसकी एकाटेरिना एलेक्सान्ड्रोभालाई ६-२, ६-३ को सेटमा हराएकी थिइन् ।