बार्टी अस्ट्रेलियन ओपन च्याम्पियन

लन्डन, (खेलाडी)- क्यारोलिन प्लिसकोभाविरुद्ध सेन्टर कोर्टमा शनिबार साँझ सम्पन्‍न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा जित हासिल गर्दै विश्‍व नम्बर एक खेलाडी एश्लेघ बार्टी विम्बल्डनको एकल उपाधि जित्‍ने पहिलो अस्ट्रेलियन महिला बनेकी छिन् । 

अल इङ्ल्यान्ड क्लबमा निक्कै रोमाञ्‍चक रुपमा अघि बढेको खेलमा ६-३, ६-७ (४/७), ६-३ को जित हासिल गरेपछि शीर्ष खेलाडी बार्टीको विम्ल्डन च्याम्पियन बन्‍ने सपना पूरा भएको थियो । 

विम्बल्डनमा बार्टी र विश्‍व वरियताको आठौं स्थानमा रहेकी प्लिसकोभा दुवैको यो पहिलो फाइनल यात्रा थियो । जहाँ दोस्रो सेट नजिकबाट गुमाए पनि बार्टीले जित हासिल गर्दै करियरको दोस्रो ग्राण्ड स्लाम उपाधि उचालिन । उनले पहिलो ग्राण्ड स्लाम एकल उपाधि दुई वर्षअघि फ्रेन्च ओपनमा जितेकी थिइन ।