ओसाकाको स्तब्धतापूर्ण बर्हिगमन र टेनिसको एउटा निराशाजनक दिन

पेरिस, जेठ १८ (खेलाडी)– नतिजा यस्तो आयो, जुन कसैको पनि चाहना थिएन । विश्व नम्बर २ महिला टेनिस खेलाडी नाओमी ओसाकाले जारी फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छिन् ।

फ्रेन्च ओपनमा खेललगत्तैको पत्रकार सम्मेलन (पोष्ट म्याच कन्फरेन्स) मा खेलाडीको उपस्थिती अनिवार्य गरिएको छ । तर ओसाकाले प्रतियोगिताको पूर्वसन्ध्यामा नै आफू मानसिक रुपमा फिट रहन चाहेकाले फेन्च ओपनको पोष्ट म्याच कन्फरेन्समा उपस्थित नहुने घोषणा गरिन् । 

ओसाकाले आइतबार पहिलो चरणको खेलमा रोमानियाकी प्याट्रिसिया मारियालाई ६–४, ७–६(७–४)ले पराजित गरेकी थिइन । सो खेलपछि उनी सञ्चार माध्यममाझ उपस्थित भइनन् । 

निरन्तर सञ्चार माध्यमसँग बोल्न अस्विकार गरेको भन्दै फ्रेन्च ओपनसहित अन्य तीन ग्राण्ड स्लामका आयोजकले ओसाकालाई जारी प्रतियोगिताका साथै अन्य ग्राण्ड स्लामहरुबाट समेत निश्कासन गरिने चेतावनी दिए । साथै उनीमाथि १५ हजार अमेरिकी डलर जरिवान गराइयो । 

युएस ओपन, फ्रेन्च ओपन, अस्ट्रेलियन ओपन र विम्बल्डन गरि सबै चार ग्राण्ड स्लामका आयोजकले संयुक्त विज्ञप्त्ती जारी गर्दै ओसाकाले बानी नसच्चाए थप जरिवाना गरिनुका साथै आगमी ग्राण्ड स्लामहरुमा समेत प्रतिबन्ध लगाउने चेतावनी दिए ।

आयोजकको जरिवाना र प्रतिबन्धको चेतावनीपछि सोमबार ट्विट गर्दै ओसाकाले प्रतियोगिताबाट नाम फिर्ता लिएको घोषणा गरिन् । जसमा उनले आफू डिप्रेशनमा रहेको र छिट्टै कोर्टमा फर्कने बाचा गरिन् । सार्वजनिक रुपमै ओसाकाले आफू मानसिक रुपमा फिट नभएको पहिलो पटक खुलासा गरिन् । यसो त उनले प्रतियोगिताको पूर्वसन्ध्यामा गरेको घोषणाले संकेत गरिसकेको थियो की उनी निराशाले घेरिएकी छिन् । अन्ततः ४ पटककी ग्राण्ड स्लाम विजेता ओसाकाको नाटकिय बर्हिगमन भयो ।

अकल्पिनय घटना भयो, जसमा प्रतियोगिताको नियम मुख्य कारक बन्यो । कोभिड १९ महामारीका कारण प्रतियोगिता बन्द रंगशालामा खेलाइएको छ । त्यसैले आइतबार ओसाकाको खेल हेर्न सञ्चारकर्मी प्रत्यक्ष रुपमा कोर्टमा उपस्थित हुन पाएनन् । उनीहरु ओसाका पोस्ट म्याच कन्फरेन्समा उपस्थित हुने र उनीसँग सवाल जवाफ गर्ने तयारीमा थिए । ओसाकाको अनुपिस्थतीले सञ्चारकर्मी निराश बने ।

ओसाका कुनै काल्पनिक घटनाकी पात्र होइनन् । उनी पनि मावन हुन् । गत साता ओसाकाप्रतिको सम्मान र सद्भाव जती थियो, आज उनको अवस्था सार्वजनकि भएपछि त्यो थप बढेको छ । उनले के कारणले सञ्चार माध्यमसँग दुरी राखिन भन्ने रहस्य उजागर भएको छ ।

‘सत्य यही हो । म सन् २०१८ मा पहिलो पटक युएस ओपनको उपाधि जितेदेखि नै डिप्रेसनमा छु र म अहिले कठिन परिस्थितीबाट गुज्रिरहेको छु,’ ओसाकाले ट्विटर र इन्स्टाग्राममा पोस्ट गरेकी छिन्, ‘मलाई नजिकबाट चिन्नेहरुलाई मात्र यो थाहा छ की म अन्तरमुखी छु । म सार्वजनिक रुपमा बोल्ने छवी राख्दिन । मिडियामाझ बोल्नै पर्दा म यसै निराश हुन्छु । म निकै आत्तिन्छु । म सकेसम्म छोटो उत्तर दिदै त्यहाबाट उम्कने प्रयासमा हुन्छु ।’

ओसाका कोर्टमा अब्बल थिइन तर बाहिर आफ्नै मानसिक समस्यासँग संघर्षरत । वास्तविकता यही हो, उनी ठूलो समस्यामा थिइन ।

यसो त खेलाडी त्यसै मिडियासँग पर भाग्न खोज्दैन, उनीहरुका लागि आफ्नो सफलता विश्व सामु पु¥याउने माध्यमसँग उनीहरु खुल्न पर्ने हो । समर्थकहरुले खेलाडीका बारेमा, उनीहरुको उदयको कथा र जीवनशैली थाहा पाउने नै मिडिया मार्फत नै हो ।
तर ओसाकाको नाटकीय बर्हिगमनले के संकेत गरेको छ भने नाम र पैसाले मात्र खेलाडी सन्तुष्ट हुन्छ भन्नु भ्रम हो ।

विश्व नम्बर एक अस्ट्रेलियाकी अस्लेघ बार्टी अहिले फ्रेन्च ओपनमा प्रतिस्पर्धा गरिहेकी छिन् । बार्टीले पनि कोरोना भाइरसको डरकै कारण गत संस्करणको फेन्च ओपनबाट नाम फिर्ता लिएकी थिएन । 

‘मलाई मानसिक रुपमा फिट हुन अझै समय चाहिन्छ । म सामान्य जीवन बाच्न चाहन्छु,’ बार्टीले सन् २०१९ मा भनेकी थिइन्, ‘किनभने यो टेनिसले पक्कै पनि हामीलाई सामान्य जीवन जिउन दिँदैन ।’

लगातारको प्रतियोगिता, निरन्तर भ्रमण र घर परिवारबाट टाढा भइरहनुपर्ने विषय कहिले काही भ्रमण पनि उदेक लाग्दो बन्न सक्छ । त्यसमाथि आफूले सोचे अनुरुपको नतिजा नआउँदा त झन यसले खेलाडीको निराशापनलाई थप बढवा दिन सक्छ । व्यवसायिक टेनिसमा खेलाडीको मानसिक स्वास्थ्यका बारेमा खासै ध्यान दिइदैन । त्यसैले मानसिक स्वास्थको जोखिम आफैले उठाउनु पर्छ ।

२३ वर्षे ओसाका आफैमा एक उत्कृट खेलाडीका साथै सामाजिक अभियान्ता समेत हुन् । गत अगस्टमा जब अमेरिकाका अस्वेत भएकै कारण ज्याकोब ब्लेकको प्रहरीले हत्या गरेको थियो, उनले त्यसविरुद्ध खुलेरै आवाज उठाएकी थिइन ।

ओसाकाले गत संस्करणको युएस ओपनका हरेक खेलमा मैदान उत्रँदा एउटा मास्को प्रयोग गरिन, जहाँ प्रहरीबाट मारिएका निर्दोष अस्वेत पुरुष र महिनाको नाम अंकित थियो । ओसाका युएस ओपनकी साबिककी विजेता हुन् ।

‘एउटा खेलाडीको रुपमा हामीले सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिनु पर्र्छ । उनीहरुको जिज्ञासा मेटाउनु पर्छ,’ गत साता १३ पटकका फ्रेन्च ओपन विजेता राफेल नाडालले ओसाकाको प्रतिक्रियापछि भनेका थिए, ‘म उनलाई बुझ्छु र उनको निर्णयको सम्मान गर्छु ।’

आशा छ, ओसाका छिट्टै कोर्टमा फर्किनेछिन् । उनको पुनरागमन यस्तो होस्, जहाँ उनले मन खोलेर सार्वजनिक रुपमै प्रस्तुत हुन सकुन । उनको डर पूर्ण रुपमा हराएको होस ।
(दी न्यूयोर्क टाइम्सबाट अनुदित)