युरोका लागि इङल्यान्डको टोली घोषणा, लिङगार्ड बाहिरिए

लन्डन, जेठ १९ (खेलाडी)– इङल्यान्डले आसन्न युरोपियन च्याम्पियनसिप (युरो  २०२०)का लागि २३ सदस्सीय टोलीको घोषणा गरेको छ ।

३३ सदस्यीय प्रारम्भिक टोलीबाट प्रशिक्षक गारेथ साउथगेटले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । युवा खेलाडीलाई अवसर दिइएको टोलीमा ट्रेन्ट एलेक्जेन्डर आमोल्ड र बुकायो साकाले स्थान पाउँदा जेसे लिङगार्ड र जेम्स वार्ड भने टिमबाट बाहिरिएका छन् । यसअघि मासोन ग्रिनउडले चोटका कारण प्रारम्भिक टोलीबाट नाम फिर्ता लिएका थिए ।

प्रतियोगिताको तयारीका लागि इङल्यान्डले अर्को साता रोमानिया र अस्ट्रियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

समूह ‘डी’मा इङल्यान्डसँगै ,स्कटल्यान्ड, क्रोएसिया र चेक गणतन्त्र छन् । प्रतियोगिता जुन ११ देखी जुलाई ११ सम्म युरोपका विभिन्न स्थानमा हुनेछ । समूह चरणका केही खेलका साथै सेमिफाइनल र फाइनल भने लन्डनको वेम्बली रंगशालामा हुनेछ ।