काठमाडौं, (खेलाडी)- १३ औं दक्षिण एसियाली खेलकुद(साग)का स्वर्ण विजेता भुपेन्द्र थापा आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ६३ केजी तौल समूहमा भुपेन्द्रले फाइनलमा भीपीपीकेआरका पवन गुरुङलाई हराउदै च्याम्पियनसिपमा स्थान पक्का गरे ।
त्यस्तै ५१ केजी तौल समूहमा एचटुओका रविन थापा, ५७ कजी तौल समूहमा एपिएफका पुरन राई र ७१ केजी तौल समूहमा विकास लामाले प्रथम स्थान हासिल गर्र्दै च्याम्पियनसिपको टिकट पक्का गरेका हुन् ।
५१ केजी तौल समूहमा रविन थापा एपीएफका प्रदीप महर्जनलाई हराउँदा ५७ केजी तौल समूहमा पुरनले
बक्समान्डुका सरोज महर्जनलाई निराश पारे ।
यता ७१ केजी तौल समूहमा एपीएफका विकासले नेपाल आर्मीका दीपेश लामाको चुनौती पन्छाए ।
पाँच स्पर्धा समावेश छनोट प्रतियोगिताको अन्तिम दिन सोमबार ललितपुरका सनिल शाही र बक्समान्डुका दावा छिरिङ लामाबीच ६७ केजी तौल समूहको फाइनल प्रतिस्पर्धा हुने छ ।