काठमाडौं । चेन्नई सुपर किंग्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) को सदाबहार दाबेदारका रूपमा मानिन्छ । तर टोलीले जारी १७औं संस्करणमा भने आफ्नो स्वभाविक लय समात्न सकिरहेको छैन । निकै खराब लयमा रहेको चेन्नई अंकतालिकाको पुछारमा छ ।
१२ खेलमा ३ जित, ९ हार पक्कै पनि यो चेन्नईलाई सुहाउने खालको प्रदर्शन होइन । लिग चरणमै सीमित टोली आइपिएल इतिहासकै खराब लयबाट गुज्रिरहेको छ । चेन्नई १५औं पटककाे आइपिएलमा सहभागितामा चौथो पटक समूह चरणबाटै बाहिरिएको हो । टोलीले सन् २०२०, २०२२ र २०२४ मा लिग चरण पार गर्न सकेको थिएन ।
नुर अहमद भने गजबको लयमा देखिएका छन् । १२ खेलमा २० विकेट हात पारेका अहमद सर्वाधिक विकेटकर्ता बन्ने दौडमा छन् ।
सर्वाधिक पाँच पटकको च्याम्पियन चेन्नईले पाँच पटक उपविजेतामा चित्त बुझाएको छ । एक पटक भने टोली प्लेअफमै रोकिएको थियो । चेन्नईले पछिल्लो पटक सन् २०२३ मा उपाधि जितेको थियो । त्यसपछि दुई सिजनमा भने टोली समूह चरणमै सीमित भएको छ ।

जारी सिजनमा शिवम दुबे चेन्नईका लागि सर्वाधिक रनकर्ता हुन् । हालसम्म उनले १२ खेलमा एक अर्धशतकसहित ३०१ रन बनाएका छन् । टोलीको प्रदर्शन राम्रो रहन नसके पनि नुर अहमद भने गजबको लयमा देखिएका छन् । १२ खेलमा २० विकेट हात पारेका अहमद सर्वाधिक विकेटकर्ता बन्ने दौडमा छन् ।
चेन्नईले जारी सिजनमा एक पटक मात्रै २०० भन्दामाथि रन बनाएको छ । त्यो पनि लक्ष्य पछ्याउने क्रममा ।
भारत पाकिस्तानको बढ्द सैन्य तनावका कारण कम्तिमा पनि एक साताका लागि आइपिएलका खेल रोकिएको छ । चेन्नईका लागि यो समय आफ्नो कमी कमजोरीलाई राम्रोसँग अध्ययन गर्दै त्यसलाई सुधार्नका लागि राम्रो अवसर हो । जारी सिजनमा बाँकी रहेका दुई खेल जित निकाल्दै टोलीले राम्रो अन्त्यको गर्न सक्नुपर्छ ।

खराब प्रदर्शनका कारण
१. परम्परागत ब्याटिङ शैली
ट्वान्टी-२० क्रिकेटको आधुनिक युगमा २०० रनलाई लक्ष्य सामान्य मान्न थालिएको छ । तर आइपिएलमा चेन्नई ब्याटिङ भने त्यसअनुसार रहन सकेन । आक्रमक बन्नुपर्ने अवस्थामा टोलीको ब्याटिङ परम्परागत शैलीकै छ ।
चेन्नईले जारी सिजनमा एक पटक मात्रै २०० भन्दामाथि रन बनाएको छ । त्यो पनि लक्ष्य पछ्याउने क्रममा । ४३ वर्षीय महेन्द्रसिंह धोनीबाहेक अन्य खेलाडीमा पावर–हिट गर्ने मनसाय कमी देखिएको छ ।
आधुनिक ट्वान्टी-२० क्रिकेट निकै आक्रमक बनिसकेको छ । तर धोनीकै रणनीति त्यसअनुसार हुन सकिरहेको छैन ।
चेन्नईले अहिलेको समयले माग गरेअनुसार विस्फोटक ब्याटिङ गर्न र जोखिम लिन हिच्किचाइरहेको छ । परम्परागत ब्याटिङ शैली नै चेन्नईका लागि सबैभन्दा महँगो साबित भइरहेको छ ।

२. बिर्सनलायक मेगा अक्सन
चेन्नईले ऋतुराज गायकवाड, रवीन्द्र जडेजा, महेन्द्रसिंह धोनी, माथिसा पाथिराना र शिवम दुबेलाई रिटेन गरेको चेन्नईमा पावर हिटर तथा फिनिसरको कमी देखिएको थियो । ५५ करोड भारतीय रुपैयाँसहित मेगा अक्सनमा सामेल भएको चेन्नईले आफ्नो आवश्यकताअनुसारका खेलाडी टोलीमा भित्र्याउन सकेन ।
टोलीले आक्रामक शीर्षक्रमका ब्याटरलाई अनुबन्ध गर्न सकेन । उनीहरू रचिन रवीन्द्र र डेभोन कोन्वेजस्ता खेलाडीमै भर परे ।
अनावश्यक रूपमा नयाँ खेलाडीको ठाउँ ओगटेको भन्दै धोनीको आलोचना हुन थालेको छ । उनले अब संन्यास लिएर नयाँ खेलाडीलाई मौका दिनुपर्ने मागहरू उठ्न थालेका छन् । यसका बाबजुद धोनी तत्कालै ब्याट थन्क्याउने सोचमा भने छैनन् ।
चेन्नईसँग बलिङमा पनि पर्याप्त विकल्प थिएन । टोलीले नुर अहमदजस्ता खेलाडीमै बढी विश्वास गरेको थियो । जसले गर्दा टोलीलाई राम्रो योगफलको रक्षा गर्न गाह्रो भयो ।
३. कप्तान परिवर्तन
महेन्द्रसिंह धोनीको उत्तराधिकारी मानिएका ऋतुराज गायकवाडले चोटका कारण सुरुआतमै प्रतियोगिता छाड्नुपरेको थियो । जसले गर्दा धोनी नै कप्तानीको भूमिकामा फर्कन बाध्य भए ।

धोनी राम्रो कप्तान भए पनि सिजनको बीचमा नेतृत्व परिवर्तन हुँदा खेलाडीलाई नयाँ रणनीतिअनुसार ढल्न केही समय लाग्छ । आधुनिक ट्वान्टी-२० क्रिकेट निकै आक्रमक बनिसकेको छ । तर धोनीकै रणनीति त्यसअनुसार हुन सकिरहेको छैन । त्यसको प्रत्यक्ष असर खेलमा परिरहेको छ ।
४. असफल भेट्रान खेलाडी
चेन्नईको धेरैजसो सफलतामा भेट्रान्स खेलाडीको प्रदर्शन आधार बनेको छ । यस्ता धेरै खेल छन् जसमा भेट्रान खेलाडीले आफ्नो अनुभवको भरपूर सदुपयोग गर्दै टोलीलाई हारबाट जोगाएका छन् ।
यो सिजनमा भने रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, डेभोन कोन्वेजस्ता अनुभवी खेलाडीबाट सोचेअनुसार प्रदर्शन हुन सकिरहेको छैन । जसले गर्दा युवा खेलाडीमाथि दबाब थपिरहेको छ ।
तत्काल संन्यास लिने मनासयमा छैनन् धोनी

धेरैको अनुमान थियो सन् २०२३ मा चेन्नईलाई च्याम्पियन बनाएपछि महेन्द्रसिंह धोनीले क्रिकेटबाट संन्यास लिनेछन् । तर उनले त्यसयता दुई सिजन इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका धोनीले आइपिएल भने खेल्दै आएका छन् । जुलाईमा ४४औं जन्मदिन मनाउन लागिरहेका धोनीले आफूले शरीरको अवस्था हेरेर मात्र निर्णय लिने बताएका छन् ।
अब त धोनी पहिले जस्तो रहेनन् । यो सिजन फिनिसरका रूपमा खेलिरहेका धोनीको प्रदर्शन औसत छ । ऋतुराज गायकवाडको अनुपस्थितिमा चेन्नईको नेतृत्व गरिरहेका उनको प्रदर्शनप्रति समर्थन सन्तुष्ट हुन सकिरहेका छैनन् ।
अनावश्यक रूपमा नयाँ खेलाडीको ठाउँ ओगटेको भन्दै धोनीको आलोचना हुन थालेको छ । उनले अब संन्यास लिएर नयाँ खेलाडीलाई मौका दिनुपर्ने मागहरू उठ्न थालेका छन् । यसका बाबजुद धोनी तत्कालै ब्याट थन्क्याउने सोचमा भने छैनन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका धोनीले आइपिएल भने खेल्दै आएका छन् । जुलाईमा ४४औं जन्मदिन मनाउन लागिरहेका धोनीले आफूले शरीरको अवस्था हेरेर मात्र निर्णय लिने बताएका छन् ।
‘यो आइपिएल सकिएपछि शरीरले यो दबाब सहन सक्छ कि सक्दैन भनेर थाहा पाउन मैले अझै केही महिना मिहिनेत गर्नुपर्छ त्यसैले अहिले नै केही निर्णय गर्दिनँ,’ कोलकाता नाइट राइडर्सविरुद्धको खेलपछि धोनीले भनेका थिए, ‘कोलकाताले मलाई दिएको माया र सम्मान अद्भूत छ । धेरैले सोचिरहेका छन् कोलकातामा यो मेरो अन्तिम खेल हो भनेर । तर कसैलाई थाहा छैन यो मेरो अन्तिम खेल हो कि होइन । त्यसैले उनीहरू मलाई खेलेको हेर्न चाहन्छन् ।’
धोनीको यो भनाइबाट के बुझ्न सकिन्छ भने उनी अझै एक सिजन आइपिएल खेल्ने मनायसमा छन् ।