वैशाख २७, २०८२ शनिबार | १९:१२:०५
सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी

तीन कांस्य सहित नेपाली बक्सिङ टोली स्वदेश फिर्ता

काठमाडौं, (खेलाडी)- एएसबिसी युथ एण्ड जुनियर बक्सिङ प्रतियोगितामा सहभागी नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सम्पन्न प्रतियोगितामा नेपालले तीन कांस्य पदक जितेको थियो । छिरिङवाङ्दी शेर्पा, स्वस्तिका तिरुवा र नारिका राईले दुबईमा पदक जितेका थिए । 

नेपालका छिरिङ वाङ्दीले पुरुष जुनियर ५४ केजी तैल समूहमा कांस्य पदक जितेका थिए । उनी सेमिफाइनलमा ताजकिस्तानका खेलाडीसँग पराजित भएका थिए । उक्त तौल समूहमा ताजकिस्तानले स्वर्ण पदक जितेका थिए । 

चाबहिल बक्समान्डुका छिरिङले त्रिभुवन विमानस्थलमा भने, ‘धेरै मेहनत गरेका थियौं । त्यसका फल पायौं । गुरुहरुले पनि मेहनत गर्नु भएको छ । यो सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला मिलेको छ । अबको लक्ष्य युथ च्याम्पियनसिप हो ।’

स्वस्तिकाले महिला जुनियर ५२ किलो तौल समूहमा र नारिकाले युथ ५७ किलो तौल समूहमा कांस्य पदक जितेका थिए । पदक विजेता खेलाडीले एक हजार अमेरिकी डलर नगद पुरस्कार जिते । बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी भने पहिलो चरणबाटै बाहिरिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अगस्ट २० देखि ३१ सम्म दुबइमा सन्पन्न प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोलीले भाग लिएका थिए । तीन खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP