वैशाख २७, २०८२ शनिबार | १७:४८:२५
स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन

अन्तर्राष्ट्रिय बक्सिङ दिवसमा पत्रकारको प्रशिक्षण

काठमाडौं, (खेलाडी)- नेपाल खेलकुद पत्रकार मञ्च अन्तर्गतको एनएसजेएफ एकेडेमी र काठमाडौं जिल्ला बक्सिङ संघले संयुक्त रुपमा शुक्रबार काठमाडौंमा खेल पत्रकारहरुलाई यो खेलका विभिन्न पक्षबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

आज विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाइरहिएको छ । यसै क्रममा नेपालमा पनि बक्सिङसँग सम्बद्ध विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमका साथ बक्सिङ दिवस मनाइरहेका छन् । 

यही उपलक्ष्यमा पत्रकारहरुलाई खेलको प्राविधिक तथा अन्य पक्षबारे जानकारी गराउने उद्देश्यअनुसार कार्यक्रम गरिएको हो । 

प्रशिक्षण कार्यक्रमका प्रमूख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले बक्सिङ दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमहरु खेलकुदको विकासमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम आयोजनाका लागि अग्रसरता देखाएकोमा एनएसजेएफ एकेडेमीलाई धन्यवाद दिँदै सह आयोजक काठमाडौं जिल्ला बक्सिङ संघका अध्यक्ष दिनकलाल श्रेष्ठले बक्सिङ दिवसको शुभकामना प्रदान गरे । 

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले पत्रकारहरुलाई बक्सिङ खेलको प्राविधिक पक्षमा प्रशिक्षणले अब्बल बनाउने अपेक्षा गर्दै यसबाट आगामी दिनमा बक्सिङको समाचार संकलन तथा लेखनमा महत्वपूर्ण योगदान मिल्ने विश्वास व्यक्त गरे । 

यसैगरी एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारीले पत्रकारहरुलाई विभिन्न खेलका प्राविधिक पक्षबारे जानकारी गराउने उद्देश्यमा ‘नो योर गेम’ प्रशिक्षण शृंखला सुरु गरेको जनाकारी गराए । त्यही शृंखलाअन्तर्गत बक्सिङ दिवसको अवसरमा बक्सिङको कार्यक्रम गरिएको र आगामी दिनमा अन्य खेलमा पनि कार्यक्रमले निरन्तरता पाउने अधिकारीले बताए । 

प्रशिक्षणमा नेपाली बक्सिङको इतिहास, यसको अन्तर्राष्ट्रिय इतिहास, बक्सिङ खेलको उत्पत्ति, तथा यो खेलका प्राविधिक पक्षबारे पत्रकारहरुलाई जानकारी गराइनेछ । कार्यक्रम आजै सम्पन्न हुनेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP