दुबई, जेठ १८ (खेलाडी)– छ पटककी विश्व च्याम्पियन मेरी कोम संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा जारी एसियाली बक्सिङ च्याम्पियनसिप २०२१ को फाइनलमा पराजित भएकी छिन् ।
५१ केजी तौल समूहको फाइनलमा उनी दुई पटककी विश्व च्याम्पियन नाजिम कजाइबेसँग ३–२ ले पराजित हुँदै उपाधिबाट विमूख भएकी थिइन । हारसँगै भारतीय बक्सर मेरी कोमको एसियाली च्याम्पियनसिपमा छ पटक स्वर्ण पदक जित्दै कीर्तिमान बनाउन उद्देश्य तत्काल थाँती रहेको छ ।
एसियाली च्याम्पियनसिपमा मेरी कोमले सहभागिता जनाएको यो सातौं पटक थियो । सातै पटक फाइनलसम्मको यात्रा गरेकी उनले पाँच पटक स्वर्ण पदक तथा दुई पटक रजत पदक जितेकी छिन् । मेरीले २००३, २००५, २०१०, २०१२ र २०१७ मा स्वर्ण पदक जितेकी थिइन भने २००८ र यसपालीको संस्करणमा भने उनले रजत पदकमै चित्त बुझाइन ।
भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP