चैत्र १४, २०८२ शनिबार | ०६:१४:१३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

रोयल बास्केटबल र स्कल क्यान्डीले विजयी सुरुआत

काठमाडौं । ‘प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता’मा आइतबार रोयल बास्केटबल र स्कल क्यान्डीले विजयी सुरुआत गरेका छन् ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा रवि पौडेलको १३ अंकप्रेरित रोयलले गोड्सलाई ५८-३३ ले हरायो ।  

चारै क्वाटरमा अग्रता बनाएकाे रोयलले पहिलोमा १२-२, दोश्रोमा १२-८ र तेश्रोमा १२-११ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटरमा रोयलले २२-१२ स्कोर निकाल्दै फराकिलो जित दर्ता गर्यो ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा स्कलले क्याम्पियनमाथि ५९-५७ को झीनो जित निकाल्यो ।

तेश्रो क्वाटरको समाप्तिसम्म ३३-३९ ले पछि परेको स्कलले चौथो क्वाटर २६-१८ ले आफ्नो पक्षमा पार्दै जित पक्का गर्यो । त्यसअघि स्कलले पहिलो क्वाटरमा ११-१३, दोश्रोमा १३-१२ र तेश्रोमा ९-१४ स्कोर गरेको थियो ।

आयोजक शिव सेना नेपाल, ललितपुरका अध्यक्ष रविन्द्र अवालेका अनुसार लिग कम नकआउट पद्दतीमा भइरहेको प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । यस्तै ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद पाउने छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो