वैशाख २९, २०८२ सोमबार | ०१:०६:१२
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

ब्याड्मिन्टनमा व्यवसायिकताको प्रयास

काठमाडौं । फुटबल, क्रिकेट र भलिबलजस्ता टिम खेलहरु अर्धव्यावसायिक बन्ने प्रयासमा रहेका बेला नेपाली ब्याड्मिन्टनलाई पनि व्यावसायिक बाटोमा डोर्याउने प्रयास भएको छ ।

सरकार र व्यावसायिक प्रतिष्ठानहरुको रोजाईमा पछि पर्दै आएको ब्याड्मिन्टन खेललाई व्यावसायिक बनाउने प्रयासस्वरुप काठमाडौं ब्याड्मिन्टन एकेडेमीले अर्को महिना काठमाडौंमा कर्पोरेट प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोतिगामा नेपाल ब्याड्मिन्टन संघको वरियताप्राप्त आठ पुरुष र आठ महिलाले विभिन्न व्यावसायिक प्रतिष्ठानको जर्सीमा प्रतिस्पर्धा गर्नेछन् । व्यावसायिक प्रतिष्ठानबाट निश्चित पारिश्रमिक लिएर एउटा मापदण्डका खेलाडीले प्रतिस्पर्धा गर्ने एकेडेमीका महासचिव दीपक थापाले जानकारी गराएका छन् ।

पुसको ६ देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ थप चार खेलाडी सहभागि गराउने प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले ब्याड्मिन्टनलाई व्यावसायिक बनाउने प्रयासमा यो प्रतियोगिता एउटा कोसेढुंगा सावित हुने बताए ।

कुमारी बैंकको प्रायोजन रहेको च्याम्पियनसिपमा आठ कर्पोरेट हाउसले बरियतामा रहेका एक पुरुष र एक महिला खेलाडीहरुलाई आफूसंग आवद्ध गर्ने छन् भने अन्य खेलाडी कम्तिमा दुई बर्ष संस्थामा कार्यरत रहेका ब्यक्ति अथवा खेलाडी हुनु पर्ने छ । खेलाडीहरुलाई चिट्ठाको आधारमा कर्पोरेट हाउसमा आवद्ध गरिने जनाइएको छ ।
करिब  ४९ लाख ४६ हजार लागत रहेको च्याम्पियनसिपमा  खेलाडीहरुलाई दर्ता हुने वित्तिकै २० हजार रुपैया प्राप्त गर्नेछन् । प्रत्येक खेलबापत थप २५ सय रुपैया  पनि प्रदान गरिने छ । यसरी एक खेलाडीले समूह चरणबाटै बाहिरेता पनि ३५ हजार रुपैयाँ  प्राप्त गर्ने थापाले बताए ।

विजेता टिमका वरियता प्राप्त खेलाडीले ७५ हजार रुपैयाँ, उपविजेता टिमका खेलाडीले ६० हजार रुपैयाँ,तेस्रोले  ५५ हजार रुपैयाँ र चौथोले ४७ हजार ५ सय रुपैया प्राप्त गर्नेछन् ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP