काठमाडौं । फरवार्ड किलियन एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा रियाल मड्रिडले बार्सिलोनाविरुद्ध ४-३ को हार बेहोरेको छ ।
आइतबार स्पेनिस ला लिगा अन्तर्गत ३५औं चरणको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई तथा लामिन यमाल र एरिक गार्सियाले सामान एक गोल गरे ।
ओलिम्पिक लुइस कम्पानिज रंगशालामा सम्पन्न खेलमा मड्रिडले दुई गोलको अग्रता लिएको थियो । दुई गोलले पछाडि परेको अवस्थानमा पहिलो हाफमा बार्सिलोनाले चार गोल फर्कायो । एम्बाप्पेले दोस्रो हाफमा आफ्नो ह्याट्रिक पूरा गर्दा मड्रिडले खेलमा फर्किने संकेत देखाएको थियो । तर, हार भने टार्न सकेन ।
यो जितसँगै बार्सिलोना उपाधिको नजिक पुगेको छ । तीन खेल बाँकी रहेको स्थितिमा शीर्ष स्थानको बार्सिलोनाले ७ अंकको अग्रता लिएको छ । शुक्रबार इस्पान्योलसँग विजयी हासिल गरे बार्सिलोनाले २८औं लिग उपाधि जित्नेछ ।
ला लिगा अन्तर्गत आइतबारै सम्पन्न अर्काे खेलमा लेगानेसले स्पान्योलमाथि ३-२ को राेमाञ्चक जित हासिल गर्यो ।