चैत्र ५, २०८२ बिहीबार | १९:३८:२५
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

प्रकाश र राममायालाई स्वर्ण

काठमाडौं । युथ एथ्लिट च्याम्पियनशिपको यु २० अन्तर्गत तीन हजार मिटर दौडको स्वर्ण पदक जुम्लाका प्रकाश कठायत र राममाया बुढाले जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दौडको पुरुषतर्फ प्रकाशले निर्धारित दूरी नौ मिनेट २२.५ सेकेन्डमा पुरा गदै स्वर्ण जित्दा कपिलबस्तुका अजय पाण्डेले रजत र ललितपुरका महेश सिजाली कास्य पदक हात पारे ।

यू २० तीन हजार मिटर महिला दौडतर्फ राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्ट पुरा गरिन् । जुम्लाकै वमजना बुढाले रजत र सुर्खेतकी विमला कार्की कास्य जितिन्  ।

एथलेटिक्स परिवार नेपाले आयोजना गरेको प्रतियोगिताको यू-१६ पुरुष लगजम्पमा कपिलबस्तुका सुजित थारुले स्वर्ण जिते । सुजितले ६ मिटर ६८ सेन्टिमिटर फल हाने ।

त्यस्तै कपिलबस्तुकै रामजी विश्वकर्माले रजत र चितवनका सुदिप महत्तोले कास्य जितेका छन् ।

महिलातर्फ चार मिटर २६ सेन्टिमिटर फलहान्दै दाङकी करुणा रिजालले स्वर्ण पदक जित्दा दाङकै शुसिला चौधरीले रजत र नुवाकोटकी धनु राईले कास्य पदक हात पारिन् ।

यू २०  पुरुष लगजम्पमा ६ मिटर ३३ सेन्टिमिटर फलहान्दै बर्दियाका रामलखन थारुले स्वर्ण पदक प्राप्त गरिन् । त्यस्तै नवलपरासीका सलिन देवाङले रजत र बर्दियाका रोशन थारु कास्य पदक जिते ।  

महिलातर्फ पाँच मिटर ७७ सेन्टिमिटर फलहान्दै बंगलादेशकी सोनिया अफ्तारले स्वर्ण पदक,दाङकी शिमा चौधरी रजत र बर्दियाकी रविना थारुले कास्य पदक जितिन् ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच गरे । प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।