माघ १८, २०८२ आइतबार | ११:५८:०१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

प्रकाश र राममायालाई स्वर्ण

काठमाडौं । युथ एथ्लिट च्याम्पियनशिपको यु २० अन्तर्गत तीन हजार मिटर दौडको स्वर्ण पदक जुम्लाका प्रकाश कठायत र राममाया बुढाले जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दौडको पुरुषतर्फ प्रकाशले निर्धारित दूरी नौ मिनेट २२.५ सेकेन्डमा पुरा गदै स्वर्ण जित्दा कपिलबस्तुका अजय पाण्डेले रजत र ललितपुरका महेश सिजाली कास्य पदक हात पारे ।

यू २० तीन हजार मिटर महिला दौडतर्फ राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्ट पुरा गरिन् । जुम्लाकै वमजना बुढाले रजत र सुर्खेतकी विमला कार्की कास्य जितिन्  ।

एथलेटिक्स परिवार नेपाले आयोजना गरेको प्रतियोगिताको यू-१६ पुरुष लगजम्पमा कपिलबस्तुका सुजित थारुले स्वर्ण जिते । सुजितले ६ मिटर ६८ सेन्टिमिटर फल हाने ।

त्यस्तै कपिलबस्तुकै रामजी विश्वकर्माले रजत र चितवनका सुदिप महत्तोले कास्य जितेका छन् ।

महिलातर्फ चार मिटर २६ सेन्टिमिटर फलहान्दै दाङकी करुणा रिजालले स्वर्ण पदक जित्दा दाङकै शुसिला चौधरीले रजत र नुवाकोटकी धनु राईले कास्य पदक हात पारिन् ।

यू २०  पुरुष लगजम्पमा ६ मिटर ३३ सेन्टिमिटर फलहान्दै बर्दियाका रामलखन थारुले स्वर्ण पदक प्राप्त गरिन् । त्यस्तै नवलपरासीका सलिन देवाङले रजत र बर्दियाका रोशन थारु कास्य पदक जिते ।  

महिलातर्फ पाँच मिटर ७७ सेन्टिमिटर फलहान्दै बंगलादेशकी सोनिया अफ्तारले स्वर्ण पदक,दाङकी शिमा चौधरी रजत र बर्दियाकी रविना थारुले कास्य पदक जितिन् ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच गरे । प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।