खेलकुद पत्रकारिता पुरस्कार आचार्यलाई प्रदान गरिने

काठमाडौं, (खेलाडी)- खेलकुद पत्रकार मञ्‍च बाराले यो वर्षको खेलकुद पत्रकारिता पुरस्कार अविनाश आचार्यलाई प्रदान गर्ने भएको छ । 

सिमरामा शनिबार सम्पन्‍न मञ्‍चको वैठकले सिआइएन र स्थानीय रेडियो सिमरामा कार्यरत पत्रकार आचार्यलाई २५ हजार रुपैयाँ राशीको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । 

देशभरका खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्‍च स्थापना भएको अवसर पारेर भदौ २७ गते एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने जनाइएको छ । मञ्‍चको स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्ने पनि खेलकुद पत्रकार मञ्‍च बाराले निर्णय गरेको बताइएको छ ।