खेलकर्मीलाई नेकोसको कोभिड खोप

काठमाडौं, (खेलाडी)- नेपाल खेलकुद महासंघ (नोकोस)ले आइतबार खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरेको छ ।

‘नो कोभिड, नो भिड’ अभियानअन्तर्गत महासंघको पहलमा २ सय जनालाई खोप प्रदान गरिएको नेकोसका महासचिव मेघराज पौडेलले बताएका छन् । खोप लगाउनेमा अधिकांस खेलाडी थिए ।

नेकोसले पहिलो मात्रा पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध गराएको खोप अभियानका संयोजक एवं नेकोसका उपाध्यक्ष समेत रहेका राखेपका सदस्य सुभाष श्रेष्ठले जानकारी दिए । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा सम्वन्धितलाई खोप लगाइएको हो ।

यसअघि महासंघले अग्रपंक्तिमा रहेर कार्य सञ्चालन गर्नु पर्ने विभिन्न क्षेत्रलाई स्वस्थ्य सामाग्री प्रदान गरिसकेको छ ।