चैत्र ७, २०८२ शनिबार | १५:१६:०४
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा

काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मुख्यालय कुवेतमा अघिल्लो मंगलबार सबै सरोकारवालाबीच भएको सहमतीअनुसार नेपाल ओलम्पिक कमिटी (एनओसी) को विषेश साधारणसभा बुधबार सम्पन्न भएको छ ।

ओसिएको पहलमा अघिल्लो साता कुवेतमा सरोकारवाला पक्षहरुबीच बसेको बैठकले १५ दिनभित्र एनओसीको विशेष साधारणसभा बोलाएर एनओसीविरुद्ध अदालतमा मुद्धा दायर गरेका पाँच संघलाई पूर्ण सदस्यता प्रदान गर्ने र सबै संघले विना सर्त तत्काल मुद्धा फिर्ता लिने सम्झौता भएको थियो ।

एनओसीले ‘नेपालको ओलम्पिक मुभमेन्टलाई ट्रयाकमा फर्काउन कुवेत सम्झौताअनुसार साधारणसभा गरेको’ जनाएको छ । सम्झौताअनुसार एनओसी साधारणसभाले सबै पाँच संघलाई मताधिकारसहितको पूर्ण सदस्यता प्रदान गरेको छ ।

तर उच्च अदालत पाटनले विशेष साधारण सभा रोक्न मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

नेपाल उसु महासंघले दायर गरेको रिटमा न्यायाधीश खडानन्द तिवारी र सूर्यप्रसाद तिवारीको संयुक्त इजलासले एनओसीको विशेष साधारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । एनओसीले आफूलाई अदालतको आदेशबारे कुनै जानकारी नभएको बताएको छ ।

सरकारले साधारणसभाको सुइको पाउनेवित्तिकै एनओसी मुख्यालयमा ताल्चा लगाएको थियो । जसका कारण ओसिएको निर्देशनमा एनओसीले अनलाइन माध्यमबाट साधारणसभा आयोजना गर्नुपरेको एनओसीको भनाई थियो ।

ओसिएले सबै सरोकारवालाबीच सम्झौता भएर विवाद समाधानको बाटोमा अघि बढिरहेको बेला प्रहरी लगाएर एनओसी मुख्यालयमा ताल्चा मारिएको घटनालाई सरकारी हस्तक्षेपको रुपमा लिँदै त्यसको विरोध जनाएको छ । ओसिएले विज्ञप्ति जारी गर्दै ‘सरकारले एनओसी कार्यालयमा ताल्चा मारेर ओलम्पिक अभियान र एनओसीको स्वायत्ततामाथि ठाडो हस्तक्षेप गरेको जनाउँदै त्यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने’ बताएको छ ।

पुस दोस्रो साता सम्पन्न एनओसीको साधारणसभाले अध्यक्षमा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई निरन्तरता दिँदै १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । साधारणसभाबाट नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ सर्वसम्मत भएका थिए ।

आफूहरुले एनओसीको सदस्यता नपाएको भन्दै नेपाल मोर्डन पेन्ट्राथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टबल संघले साधारणसभा रोकिपाउँ भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । जहाँ अदालतले स्टे अर्डर जारी गरेर चुनाव नगर्न आदेश जारी गरेको थियो । एनओसीले भने अदालतको आदेश आफूहरुले नपाएको भन्दै साधारणसभा आयोजना गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी (वायाँ) र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ । फाइल तस्बिर

अदालतमा मुद्दा परेको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले एनओसी निर्वाचनलाई अवैधानिक भन्दै आएका थिए । आइओसी र ओसिएले पनि देशभित्रको कानुनी समस्या सुल्झाउनका लागि एनओसीलाई दबाब दिँदै आएको थियो ।

तर गत मंगलबार ओसिएका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकबाट दुई बूदे सम्झौता भएपछि एनओसी विवाद समाधानको बाटोमा अघि बढेको थियो ।

कुवेतमा दूई बूदे सम्झौतामा हस्ताक्षर गर्नेमा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ, मोडर्न पेन्ट्राथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, इक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकार, रग्बी संघका अध्यक्ष दीपक देवकोटा, स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल र बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपाने थिए । उक्त बैठकमा एनओसीका पूर्व महासचिव एवं नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको उपस्थिती रहेको बताइएको थियो ।

ओसिएले एनओसी मुख्यालयमा ताल्चा मारेको घटनामा सरकारी हस्तक्षेप नस्वीकार्ने बताउँदै कुवेत सम्झौतामा हस्ताक्षर गरेका नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकारलाई पनि पत्राचार गर्दै सम्झौतामा अडिग रहन सचेत गराएको बताइएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो