चैत्र ८, २०८२ आइतबार | १४:४९:३२
इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २)

भण्डारी र सापकोटा सम्मानित

सम्मानित हुने विनयज्योति सापकोटा (बायाँ) र श्रीविक्रम भण्डारी भण्डारी ।

काठमाडौं । यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २९औं स्थापना दिवसका अवसर पारेर सोमबार ललितपुरको कोरियन बारबिक्युमा आयोजित कार्यक्रममा मेरो खेल डटकमका सम्पादक भण्डारी र कान्तिपुर टेलिभिजनका सापकोटालाई सम्मान गरेको हो ।

अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा यो अवार्ड दिँदै आएको छ । पछिल्लो एक दशकदेखि मन्चले यो अवार्ड गर्दै आएको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य रवि महर्जन, एनएसजेएफका कार्यवहाक अध्यक्ष निरन्जन अधिकारी र महासचिव प्रज्ज्वल ओलीले भण्डारीलाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

 डडेलधुराका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् ।

अग्रज खेलकुद पत्रकारिता अवार्ड प्राप्त श्रीविक्रम भण्डारी(बायाँबाट दोस्रो) लाई सम्मान गरिदै, तस्विरः सारेज सापकोटा /खेलाडी । 

त्यस्तै खेलकुदमन्त्री चौधरीले युवा पत्रकार सापकोटालाई ल्यापटप र ताम्रपत्रसहित सम्मान गरिएको थियो ।  इलामका सापकोटा पछिल्ला ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय छन् ।

सम्मान कार्यक्रममा भण्डारीले तीन दशक अगाडि आफूहरूले स्थापना गरेको संस्थाबाट सम्मानित हुन पाउॅंदा खुसीको सीमा नै नरहेको बताए । पछिल्ला वर्ष मन्चले अन्तर्राष्ट्रिय समन्वयका साथै विभिन्न किसिमका गतिविधिहरूमार्फत नयाँ उचाइमा पुर्याउॅंदा आफूलाई धेरै खुसी लागेको उनले धारणा राखे।

युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका सापकोटाले यो अवार्ड एकदिन आफूले पनि हासिल गर्ने लक्ष्य लिएको र अहिले प्राप्त गर्दा प्रोत्साहन  मिलेको धारणाा राखे ।

युवा तथा खेलकुद मन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिॅंदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको १०औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै आयोजना गर्ने प्रयास भैरहेको बताए ।

सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार प्राप्त  विनयज्योति सापकोटा (बायाँबाट दोस्रो) लाई सम्मान गरिदै, तस्विरः सारेज सापकोटा/खेलाडी । 

राखेप सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको उल्लेख गर्दै आज खेलकुद पत्रकार सम्मानित भैरहॅंदा समग्र नेपाली खेल क्षेत्र नै सम्मानित भएको महसुस गरेको धारणा राखे ।

एनएसजेएफका कार्यवहाक अध्यक्ष निरन्जन अधिकारीले सम्मानित भएका अग्रज पत्रकार भण्डारी र अनुज पत्रकार सापकोटालाई बधाई दिॅंदै  राखेपलाई खेलकुद पत्रकारिताको व्यावसायिक स्तरोन्नतीका लागि गरिने विभिन्न किसिमको प्रशिक्षण कार्यक्रम सहयोग गरिदिन आग्रह गरे ।

मन्चका महासचिव ओलीले यस अवार्डका वर्षभर मन्चले आयोजना गर्ने विभिन्न कार्यक्रमबारे प्रकाश पारेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो