पुस २६, २०८१ शुक्रबार | २३:४८:२०
एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने मेयर कप भेट्रान फुटबलको क्वार्टरफाइनल समीकरण पूरा आइटिएफ एसिया यु-१४ डेभ्लपमेन्ट च्याम्पियनसिपमा चार नेपाली खेलाडी बुटवल कालिकालाई उपाधि विश्वकप खेल्न भारत जाने खो-खो टोलीको बिदाइ बागमतीले वालिङलाई हरायो थ्री स्टारको रोमाञ्चक जित एनकेएलका लागि तीन श्रीलंकन खेलाडी नेपालमा विश्वकपका लागि मलेसिया जाने टोलीको बिदाइ चर्च ब्वाइजको पहिलो हार एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने मेयर कप भेट्रान फुटबलको क्वार्टरफाइनल समीकरण पूरा आइटिएफ एसिया यु-१४ डेभ्लपमेन्ट च्याम्पियनसिपमा चार नेपाली खेलाडी बुटवल कालिकालाई उपाधि विश्वकप खेल्न भारत जाने खो-खो टोलीको बिदाइ बागमतीले वालिङलाई हरायो थ्री स्टारको रोमाञ्चक जित एनकेएलका लागि तीन श्रीलंकन खेलाडी नेपालमा विश्वकपका लागि मलेसिया जाने टोलीको बिदाइ चर्च ब्वाइजको पहिलो हार

बुटवल कालिकालाई उपाधि

च्याम्पियन बुटबल कालिका कलेज ।

भैरहवा । साई ग्लोबल अन्तर कलेज ट्वान्टी२० क्रिकेटको प्रतियोगिताको उपाधि बुटवल कालिका कलेजले जितेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशाला शुक्रबार सम्पन्न फाइनलमा बुटवल कालिकाले प्यारामाउन्ट कलेज तिलोत्तमालाई २५ रनले पराजित गर्यो ।

बुटवलले कालिकाले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याएको प्यारामाउन्ट १८.३ ओभरमा ९५ रनमै समेटियो । प्यारामाउन्टका लागि सन्देश थापाले सर्वाधिक ३३ रन बनाए । यसैगरी तुल हादुर थापाले १६ र अमन बोहराले १० रन जोडे ।

बुटवल कालिकाका लागि प्रज्वल थापाले तीन, विपिन भट्टराई अभिषेश गौतमले समान दुई तथा विवस खाती र कमल जैसीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बुटवल कालिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ११७ रनको  योगफल तयार पारेको थियो ।

बुटवलका लागि प्रज्वल थापा र गगन अधिकारीले समान ३२, रन्जित खडकाले १७ र सम्राट भुसालले अविजित १७ रन बनाए ।

प्यारामाउन्टका लागि शिव कुवर, आशुतोष पाण्डे र सन्देश थापाले समान तीन विकेट लिए ।

उपविजेता प्यारामाउन्ट कलेज । 

विजेता बुटवल कालिकाले ५५ हजार ५५५  तथा उपविजेता प्यारामाउन्टले २५ हजार ५५५ रुपैयाँ प्राप्त गरेका छन्  ।

बुटवल कालिकाका  प्रज्वल थापा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र उत्कृष्ट ब्याटर चुनिए । उनले १६ हजार रुपैयाँ हात पारे ।

यसैगरी बुटवलकै आभिषेश गौतम उत्कृष्ट बलर घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।  रुपेन्देही लिलाराम न्यौपाने मावि अनुसाशित टोली चुनियो ।

विजेतालाई पुर्व सांसद प्रमोदकुमार यादव, साइ ग्लोवल कलेजका प्रबन्ध निर्देशक दिनेशमान अमात्य, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही जिल्ला क्रिकेटसंघका सस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी, सिद्धार्थ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सम्पन्न प्रतियोगितालाई साई ग्लोवल कलेजले मुख्य प्रायोजकको रूपमा साथ दिएको थियो । पुस ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३२ कलेज सहभागी थिए ।  


भिडियो
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO
2025 Under-19 Women's T20 World Cup जित्ने आशा राखेका छौँ : kiran kumari kunwar
2025 Under-19 Women's T20 World Cup मा राम्रो नतिजा दिन्छौँः SONY PAKHRIN