पुस २६, २०८१ शुक्रबार | १७:५४:३४
बागमतीले वालिङलाई हरायो थ्री स्टारको रोमाञ्चक जित एनकेएलका लागि तीन श्रीलंकन खेलाडी नेपालमा विश्वकपका लागि मलेसिया जाने टोलीको बिदाइ चर्च ब्वाइजको पहिलो हार साफका स्वर्णधारी महर्जनले लिए सपथ अल नासरको पुनरागमन जित फुलहमको सहज जित रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा वालिङ र बागमतीबीचको निर्णायक खेल आज बागमतीले वालिङलाई हरायो थ्री स्टारको रोमाञ्चक जित एनकेएलका लागि तीन श्रीलंकन खेलाडी नेपालमा विश्वकपका लागि मलेसिया जाने टोलीको बिदाइ चर्च ब्वाइजको पहिलो हार साफका स्वर्णधारी महर्जनले लिए सपथ अल नासरको पुनरागमन जित फुलहमको सहज जित रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा वालिङ र बागमतीबीचको निर्णायक खेल आज

चर्च ब्वाइजको पहिलो हार

चर्च ब्वाइज युनाइटेड, तस्विरः एन्फा ।

काठमाडौं । चर्च ब्वाइज युनाइडेले एन्फा यु-१६ युथ लिगमा पहिलो हार बेहोरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा शुक्रबार चर्च ब्वाइजलाई विभागीय टोली नेपाल एपिएफ क्लबले ३-२ ले निरास बनायो ।

लगातार दोस्रो जित निकालेको एपिएफको तीन खेलबाट सात अंक छ । चर्च ब्वाइजको समान खेलमा ६ अंक छ ।

एपिएफका लागि तेन्जिङ शेर्पा र अबिन बस्यालले समान एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । चर्च ब्वाइजका लागि सनिल मगर र सुशान थापामगरले गोल गरे ।

खेलको २५औं मिनेटमा सनिलको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । ५१औं मिनेटमा तेन्जिङले एपिएफका लागि बराबरी गोल फर्काए ।

गोलको खुसीयाली मनाउँदै एपिएफका खेलाडी तस्विरः एन्फा ।

सुशानले ६४औं मिनेटमा गोल गर्दा चर्च ब्वाइज २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि अबिनले एपिएफका लागि बराबरी गोल फर्काए । उनले दोस्रो प्रयासमा गोल गरेका हुन् ।

पेनाल्टी प्रहारलाई चर्च ब्वाइजका पास्कल बस्नेतले रोके पनि रिबाउन्डलाई अबिनले पोस्टको दिशा दिए । ८३औं मिनेटमा आदित्य रानामगरबाट आत्मघाती गोल हुन पुग्दा एपिएफले ३-२ को जित दर्ता गर्यो । 


भिडियो
Private video
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO
2025 Under-19 Women's T20 World Cup जित्ने आशा राखेका छौँ : kiran kumari kunwar
2025 Under-19 Women's T20 World Cup मा राम्रो नतिजा दिन्छौँः SONY PAKHRIN
Asia Cup मा पाकिस्तानविरुद्धकाे जितले विश्वकपको लागि आत्मविश्वास बढाएको छ : Mahesh Pd Rijal Coach