काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन्
७ चरणको खेलमा उनले ५.५ अंक जोडे । समान अंक भएका बद्रीलाल नेपाली , गणेशमान दुवाल र नविन तण्डुकार टाइब्रेकरको अधारमा दोस्रोदेखि चौथो भए ।
५ अंक जोेडेका पूर्णराज खड्का पाँचौं, विलम लाल श्रेष्ठ छैटौं, राजेन्द्र बज्राचार्य सातौं, जनार्दन श्रेष्ठ आठौं भिमदत्ता पाडे नवौ तथा अविरल राई १०औं स्थानमा रहे ।
विजेता पुन्यमानले ३० हजार तथा उपविजेता ब्रदीलाले २० हजार तथा तेस्रो हुने गणेशमानले ले १५ हजार रुपैयाँ प्राप्त गरे ।
चौथो हुने नविनले १० हजार तथा पाँचौ हुने पूर्णराजले ७ हजार रुपैँया पुरस्कार पाए । छैटौं देखि १० औ स्थानमा रहने खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरियो ।
विजेता खेलाडीलाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गरे ।
समापन कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका महासचिव अञ्जन धमला ल बुद्धीचाल महासंघका अध्यक्ष हेराकाजी मर्हजन, पूर्व अध्यक्ष विदुर गौतम, समाजसेवी सावित्री अधिकारी, दिवंगत श्रेष्ठका आमा लक्ष्मी श्रेष्ट तथा धर्मपत्नी संगीता श्रेष्ठ, बुद्धीचाल महासंघका उप महासचिव मोनालिसा खुम्बू र अखिल नेपाल बुद्धीचाल संघका प्रदेश अध्यक्षको उपस्थिती थियो ।
स्विस लिग प्रणालीमा २ दिन सञ्चालित प्रतियोगितामा ४२ जनाको सहभागिता थियो ।
दिवंगत श्रेष्ठ एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो ।