मंसिर १०, २०८२ बुधबार | १९:३३:४१
विराटनगरले बेहोर्यो पहिलो हार, भोपारा र रञ्जितको सानदार प्रदर्शनमा चितवनको दोस्रो जित इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता विराटनगरको खराब सुरुआत एएफसी यु-१७ एसियन कपः छनोट चरणबाटै बाहिरियो नेपाल, ओमानसँग फराकिलो हार इन्डोनेसियाविरुद्ध अनुभवी खेलाडी पहिलो रोजाईमा, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई विराटनगरविरुद्ध चितवनको चुनौतीपूर्ण लक्ष्य, लगातार तेस्रो खेलमा भोपाराको अर्धशतक भोपाराको लगातार तेस्रो अर्धशतक, चितवन बलियो योगफलतर्फ अग्रसर चितवनविरुद्ध फिल्डङ गर्दै विराटनगर म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित बार्सिलोनाविरुद्ध चेल्सीको सहज जित विराटनगरले बेहोर्यो पहिलो हार, भोपारा र रञ्जितको सानदार प्रदर्शनमा चितवनको दोस्रो जित इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता विराटनगरको खराब सुरुआत एएफसी यु-१७ एसियन कपः छनोट चरणबाटै बाहिरियो नेपाल, ओमानसँग फराकिलो हार इन्डोनेसियाविरुद्ध अनुभवी खेलाडी पहिलो रोजाईमा, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई विराटनगरविरुद्ध चितवनको चुनौतीपूर्ण लक्ष्य, लगातार तेस्रो खेलमा भोपाराको अर्धशतक भोपाराको लगातार तेस्रो अर्धशतक, चितवन बलियो योगफलतर्फ अग्रसर चितवनविरुद्ध फिल्डङ गर्दै विराटनगर म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित बार्सिलोनाविरुद्ध चेल्सीको सहज जित

‘चेन्ज एन्फा’ अभियान जारी नै छ

‘चेन्ज एन्फा’को लोकप्रिय नारा दिएर लामो समय तत्कालिन नेतृत्वविरुद्ध आन्दोलित भएका कर्माछिरिङ शेर्पा तीन वर्षअघि भएको अखिल नेपाल फुटबल संघमा आफै पूरा प्यानलसहित निर्वाचित भए । निर्वाचित भएको केही दिनमै उनको ‘चेन्ज एन्फा’ अभियानका सहकर्मीहरुसँग फाटो सुरु भयो । 

अहिले तीन वर्ष नाँघिसक्दा चेन्ज एन्फाका अभियन्ताहरु तितरबितर भइसकेका छन् । एन्फा कार्यसमितिमा उनीपछि दोस्रो वरियतामा रहेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अहिले शेर्पाविरुद्ध रहेका पदाधिकारीहरुलाई गोलबन्द गरिरहेका छन् । यसो हेर्दा लाग्छ, आगामी वैशाखमा हुने एन्फा निर्वाचन पदाधिकारीहरुलाई धेरै चाँढो लागिसक्यो ।

गत महिना राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुवेती नागरिक र वरिष्ठ उपाध्यक्ष नेम्वाङबीच एउटा चर्चित र लज्जाजनक विवाद भयो । एन्फा आफैले त्यो विवाद मिलाउन सकेन । मन्त्रालयलाई अनुरोध गर्यो । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदतिर पन्छायो । परिषदले छानविन समिति बनायो । छानविन समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको छ । एन्फा अध्यक्ष शेर्पासँग खेलाडीडटकमले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको कार्यकाल सकिन अब एक वर्ष पनि बाँकी छैन । आजसम्मको कार्यकाललाई आफैंले अंक दिनुपर्दा कति दिनुहुन्छ ? 

यो समय कोरोना महामारीले गर्दा धेरै डिस्टर्भ भएको छ । मलाई के लाग्छ भने यो समयचाहिँ धेरै सफल जस्तो लाग्छ । हामीले धेरै नयाँ नयाँ काम गरेका छौं । फुटबलको बेसिक फाउन्डेसनका लागि आवश्यक काम गरेका छौं । त्यसैले डिस्टिङ्सन नै प्राप्त गरे जस्तो मैले अनुभव गरेको छु ।

चेन्ज एन्फा भनेर त्यत्रो अभियान चलाउनुभयो । आखिर के चेन्ज भयो त एन्फामा ? 

धेरै चेन्ज भएको छ । जस्तै, हामीले अर्गनाइजेसन स्ट्रक्चर पहिलो पटक बनाएका छौं । पहिला विभागहरु थिएनन् । अहिले हामीले आठवटा विभाग बनाएका छौं । 

हामीले प्राविधिक विभागलाई पूर्णता दिएका छौं । केन्द्रदेखि ग्रासरूट र जिल्लासम्म प्राविधिक विभागको नेटवर्किङ बनाएका छौं । रेफ्री विभागलाई पनि बलियो बनाएका छौं । पहिला रेफ्री समिति भन्ने थियो, विभाग थिएन । 

यो प्राविधिक र रेफ्री विभागका डाइरेक्टरहरू हामीले विदेशी राखेका छौं । यो दुई विभागको रणनीतिक योजना र दीर्घकालिन योजना बनाइसकेका छौं । तपाईले सुन्नुभएको होला हामीले चाहिँ ए लाइसेन्सका दुईवटा कोर्स गरायौं । बी लाइसेन्सका दुईवटा कोर्स गरायौं । सी लाइसेन्सका पनि दुईवटा कोर्स गरायौं । यसैगरी धेरै जिल्लामा डी लाइसेन्स कोर्स पनि गरेर अहिले हामीले नेपालमा प्रशिक्ष्क संख्या ५ सय २० पुर्‍याएका छौं ।

यसैगरी पहिला बेसिक, राष्ट्रिय र फिफा रेफ्रीमात्र हुन्थ्यो । धेरै वर्षपछि (१४ वर्ष) हामीले बेसिक रेफ्री कोर्स गर्न नपाएकालाई राष्ट्रिय रेफ्री कोर्स गरायौं । एकैपटक ८८ जनाको रेफ्री कोर्स गर्‍यौ, त्यसमा जम्मा ११ जना पास भए । अहिले फिफासँग समन्वय गरेर रेफ्रीको रणनीतिक योजना बनाएका छौं । अहिले रेफ्रीलाई क्याटगोरी फोर, थ्री, टु, वान र फिफा रेफ्री गरेर उत्पादन सुरु गरेका छौं । यसबाट अहिले ३ सय २० जना नयाँ रेफ्री उत्पादन गर्न सफल भएका छौं ।

नेपालको फुटबल विकास गर्न मुख्य गरी एजुकेसनको पार्ट महत्वपूर्ण छ । अहिले प्राविधिक विभागले नेपालको फुटबलको दर्शन पनि बनाइसकेको छ । त्यतिमात्र होइन, हामीले पाठ्यक्रम पनि विकास गरेर निकट भविष्यमा किताब निकाल्ने तयारीमा छौं । फुटबलको आफ्नै पाठ्यक्रम हुन्छ । यो चिज भनेको हेर्दा बेसिक जस्तो लाग्छ, तर यो फुटबल विकासका लागि एकदमै चाहिने कुरा हो । 

हामीले मार्केटिङ, अपरेसन, मिडिया विभाग बनाएका छौं । आठवटा विभागले काम गरिरहेका छन् । 

फुटबलमा पहिला केही पनि थिएन, तपाईंहरू आएपछि फाउन्डेसन बनायौं भन्न खोज्नुभएको हो ?

यो फुटबल विकास गर्न एजुकेसनको पार्ट महत्वपूर्ण छ । त्यसैले हामीले यसलाई बलियो बनाउने उद्देश्यबाट प्राविधिक र रेफ्री विभागलाई बलियो बनाउन लागिरहेका छौं । 

एन्फमा आर्थिक पारदर्शिताको कुरा चर्को रूपमा उठ्यो । अनियमितता त झन् बढी भयो भन्छन् नि ? 

अनियमितता भएको छ, छैन भन्ने कुरा त प्रमाणित गर्नुपर्छ । आरोप लगाएर हुँदैन । पारदर्शिताको कुरामा हामीले आर्थिक नियमावली बनाएका छौं । आर्थिक कार्यविधिहरू बनाएका छौं । कुनै पनि निर्णय गर्दा कार्य सञ्चालन नियमावली बनाएका छौं । यसैगरी कर्मचारी नियमावली बनाएका छौं । हिजो कर्मचारीहरूको तह थिएन, अहिले कर्मचारीको तह बनाएर सुरु गरेका छौं । 

अर्को कुरा धेरै कार्यक्रम इ-बिडिङबाट टेन्डर गर्न सुरु गरेका छौं । हामीले प्रकुरमेन्ट विभागको थालनी गरेका छौं । हिजो यो विभाग थिएन । स्टोर विभाग थियो । त्यसैले दुवै काम गथ्र्यो । हिजो एकाउन्टमा सिंगल इन्ट्रीको चलन थियो, अहिले डबल इन्ट्रीको सिस्टम राखेका छौं । अब डिजिटल पनि गर्दैछौं । त्यसकारण यो पारदर्शिता भन्ने कुरा चाहिँ हामीले कामहरूबाट गरेका छौं । यो कामको आधारमा देखिने कुरा हो । तर जुन किसिमको आरोपहरू लगाइएको छ, त्यो कसैले प्रमाणित गर्न सकेको छैन । जस्तो मुख्यालय रिनोभेसनमा अख्तियारले नै छानबिन गरेको हो नि त । जुन किसिमको आरोप लगायो त्यो त प्रमाणित भएन नि । नेपाली फुटबललाई अझ बलियो बनाउनका लागि आर्थिक पारदर्शिताको काम चाहिँ हामीले गरेका छौं ।

यदि विधि र विधानविपरीत छ भने त बोल्ने होइन, सम्बन्धित ठाउँमा उजुरी गर्ने अधिकार छ । निकायहरू छन् नि । त्यसलाई प्रमाणित गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईंले सुशासन र पारदर्शिताका लागि धेरै काम गरिरहेको बयान गर्नुभयो । तर एन्फाभित्रकै तपाईंकै सहकर्मीहरू चाहिँ झन् एकल नेतृत्व भयो । कार्यसमितिलाई छल्ने काम भइरहेको छ भनिरहेका छन् । पारदर्शिता, सुशासन र सामूहिक नेतृत्व भएन भनिरहेका छन् । कुरा त मिलेन नि ?

सबै चिज मिलेको छ । कार्यसमितिको बैठक विधानमा चार महिनामा एकपटक बोलाउने भन्ने छ । त्यो गरिएको छ । आवश्यक ठानेको खण्डमा आकस्मिक बैठक पनि बोलाइएको छ । विधि र विधानअनुसार चल्नु नै सामूहिक नेतृत्व हो नि त । विभागहरूले गर्ने काम त कार्यसमितिका साथीहरूले गर्नुपर्दैन । किनकि सचिवालय पनि छ । रणनीतिक कामहरू र बजेट पास गर्नुपर्छ । त्यो भइरहेको छ । त्यही बजेट र रणनीतिक योजनाअनुसार विभागहरूले काम गरिरहेको हुन्छ र त्यसलाई सचिवालयले सहयोग गरिरहेको हुन्छ । कार्यसमिति भनेको त प्रत्येक हिँडाइमा, प्रत्येक पाइलामा बैठक बोलाइरहनुपर्छ जस्तो लाग्दैन मलाई । हामीसँग आकस्मिक कमिटी छ, कार्य सञ्चालन नियमावली बनाएका छौं । नेपालको इतिहासमा हामीले फुटबलमा पहिलो पटक टिप्पणीका आधारमा निर्णय गर्ने सुरुवात गरेका छौं । यो सिस्टम विकास त नयाँ कुरा हो नि त । हुँदै छ नि । कार्यसञ्चालन नियमावलीका आधारमा हामीले काम गर्न नपाउने भन्ने हुन्छ र ? हामीले विधि र विधानअनुसार नै सबै काम गर्ने हो । यदि विधि र विधानविपरीत छ भने त बोल्ने होइन, सम्बन्धित ठाउँमा उजुरी गर्ने अधिकार छ । निकायहरू छन् नि । त्यसलाई प्रमाणित गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

एक वर्षअगाडि नै चुनाव त मज्जैले लाग्यो है ? 

मलाई चाहिँ त्यस्तो लागेको छैन । सामाजिक सञ्जालका पोस्ट र कमेन्ट हेर्दा लागेछ जस्तो देखिन्छ । तर, चुनाव मलाई चाहिँ लागेको छैन । किनभने मैले अहिलेसम्म उम्मेदवारी पनि घोषणा गरेको छैन । म त कार्यक्रममै व्यस्त छु । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलाउन लागिरहेको छु । लिग गराउन लागिरहेको छु । जिल्लाका लिगहरू अहिलेसम्म भएको छैन । त्यसलाई सहजीकरण गर्न सरकारसँग सहकार्य गर्दैछु । निर्वाचन हुन पहिला जिल्लाका लिगहरू हुनुपर्यो । त्यसपछि जिल्लाको चुनाव हुनुपर्यो । त्यसपछि मात्र केन्द्रको चुनाव हुने हो । मलाई जहाँसम्म लाग्छ, यो निर्वाचनका लागि एक वर्षअघिदेखि नै तयारी गर्नुपर्दैन । किनभने जम्मा मतदाता नै ८३ छ । कोसँग चुनावको कुरा गर्ने भनेको । साथीहरूलाई चुनाव लाग्नु स्वाभाविक हो । उहाँहरूले तयारी गर्नु पनि स्वाभाविक हो । जुन किसिमको निर्वाचन माहोल सुरु भएको देखिएको छैन । साथीहरूलाई चुनाव लाग्यो, तर मलाई लागेको छैन । हामीलाई त कार्यक्रम लागेको छ । ए डिभिजन गर्दैछौं, राष्ट्रिय लिग गर्दैछौं । फन्ड रेजका कार्यक्रमहरू गर्दैछौं । त्यसले गर्दा निर्णय गरेको कुराहरूलाई कार्यान्वयनमा ल्याउन हामी व्यस्त छौं ।

म चुनाव जितिहाल्छु भन्ने आत्मविश्वास भएर तपाईंलाई चुनाव नलागेको हो त ?

होइन । मैले अहिलेसम्म चुनावबारे सोचेको पनि छैन । किनभने चार वर्षका लागि काम गर्न दिएको छ । त्यो अवधिमा त काम गर्नुपर्यो । त्यसपछि कामको मूल्यांकनका आधारमा फेरि साथीहरूसँग बसेर निर्णय गर्नुपर्यो । उठ्दा उपयुक्त हुन्छ कि अनुपयुक्त हुन्छ भनेर । यो निर्वाचनको मानसिकतामा म गएको छैन । किनभने निर्वाचनको मानसिकतामा गएपछि कार्यक्रमहरूबाट डाइभर्ट हुन्छ कि जस्तो लाग्छ मलाई । 

मलाई निर्वाचन लागेको छैन भनेर मैले पहिल्यै प्रस्ट पारिसकें । फेरि विदेशी प्रशिक्षकमार्फत चुनाव लड्न जरुरी छैन । विदेशी प्रशिक्षकले भोट दिने पनि होइनन् । जम्मा ८३ भोट हुन्छ ।

अनि प्रशिक्षकलाई त तपाईं आफैले उचालेर वरिष्ठ उपाध्यक्षविरूद्ध प्रयोग गर्नुभयो भन्ने छ आरोप छ नि ?

यो मलाई थाहा छैन । सामाजिक सञ्जालहरूबाट ममाथि यो आरोप लागेको कुरा थाहा पाएँ ।

तपाईंलाई निर्वाचन लागेको उदाहरणका रूपमा यसलाई लिइन्छ नि । वरिष्ठ उपाध्यक्ष स्वयंले पनि यही भन्नुभएको छ त ?

मलाई निर्वाचन लागेको छैन भनेर मैले पहिल्यै प्रस्ट पारिसकें । फेरि विदेशी प्रशिक्षकमार्फत चुनाव लड्न जरुरी छैन । विदेशी प्रशिक्षकले भोट दिने पनि होइनन् । जम्मा ८३ भोट हुन्छ । हामीसँग भएका सरोकारवालाले भोट दिएर चुनाव जित्ने हो । यो विवादलाई हामीले सर्वसम्मत रूपमा राखेपलाई समाधानको जिम्मा दियौं । उहाँहरूले नै छानबिन समिति बनाउनुपर्छ भन्नुभयो, कार्यसमितिको बैठक बोलाएर निर्णय गरौं भन्नुभयो । हामीले त्यही गर्यौं । छानबिन समितिको जिम्मा सरकारलाई दिने भन्नेमा सर्वसम्मत निर्णय भयो । कसैले पनि नोट अफ डिसेन्ट लेखेका छैनन् । त्यसले गर्दा विभिन्न टीकाटिप्पणी गर्नु गलत हुन्छ । निर्णयमा सहभागी हुने, निर्णयलाई मान्ने तर निर्णयविरूद्ध टीकाटिप्पणी गर्नु चाहिँ ठिक हुँदैन ।

उसो भए, प्रशिक्षकलाई आफ्नै वरिष्ठ उपाध्यक्षविरुद्ध  उचालेको होइन त ?

हेर्नुस्, म कसैलाई उचालेर हिँडने मान्छे होइन । म काम गरेर हिँडने मान्छे हो । त्यो छानबिनको रिपोर्टले उचालेको हो कि, के गरेको हो, के कारणले भएको हो भन्ने त देखायो नी । यहाँ कसैले उचाल्नुपर्ने जरूरी छ जस्तो मलाई लाग्दैन ।

यति सानो विषय पनि तपाईं आफूले समाधान गर्न सक्नुभएन । यसले तपाईंको नेतृत्व क्षमतामा नै गम्भीर प्रश्न खडा भयो नि होइन र ?

यसमा म पनि आरोपित छु त । तपाईंले नै सोध्नु भइसक्यो । आरोपित मान्छेले विवाद समाधान गर्न गाह्रो हुन्छ । अर्को कुरा एन्फा पदाधिकारीले छानबिन गरेर पछि नतिजा आउँदा झन् विवादित हुनसक्छ । त्यसैले के गर्यौ भने हामी सबै मुछिएका कारणले गर्दा हामीभन्दा माथिल्लो निकायमा गयौं । राखेप भनेको त हामीभन्दा माथिल्लो निकाय हो, मन्त्रालय त्योभन्दा माथिल्लो निकाय भयो । यो सबैलाई सर्वस्वीकार्य हुन्छ । भोलि नतिजा आउँदा पनि सबैले स्विकार गर्ने स्थिति हुन्छ । त्यसले गर्दा हामी सबैले, भनौं कार्यसमितिले निर्णय गरेर मन्त्रालय पठाएको हो । तर त्योभन्दा अगाडि हामीले धेरै प्रयास गर्यौं । प्रयास गरेको पक्ष बाहिर आउने कुरा भएन । त्यसले गर्दा उहाँहरू आफैंले पनि पहल गर्नुभयो । उहाँहरू दुईजना होटलमा बसेर पनि कोसिसहरू गर्नुभएको छ । त्यसले गर्दा पहल नभएको होइन, कोसिस गर्दा परिणाम नआएपछि छानबिन समितिमा पठाउने कुरा भएको हो ।

चेन्ज एन्फा भनेको अभियान हो । त्यो भनेको व्यक्तिहरू होइन । त्यो अभियान त जहिल्यै पनि जारी रहन्छ । फुटबल विकासको रेल चाहिँ कुदिसकेको छ । विभिन्न स्टेसनमा नयाँ मान्छे चढ्न सक्छन, झर्न पनि सक्छन् । तर अभियान त जारी रहन्छ, रेल त चलिरहन्छ नि ।

तपाईंका विरुद्ध आफ्नै मान्छेहरू मोर्चाबन्दीमा लागेका छन् । ‘चेन्ज एन्फा’को अभियान लागेको टिम त तितरवितर भइसक्यो । अहिले सम्झँदा के लाग्छ तपाईंलाई ?

चेन्ज एन्फा भनेको अभियान हो । त्यो भनेको व्यक्तिहरू होइन । त्यो अभियान त जहिल्यै पनि जारी रहन्छ । फुटबल विकासको रेल चाहिँ कुदिसकेको छ । विभिन्न स्टेसनमा नयाँ मान्छे चढ्न सक्छन, झर्न पनि सक्छन् । तर अभियान त जारी रहन्छ, रेल त चलिरहन्छ नि । फुटबल संघमात्र होइन, विभिन्न संघसंस्था र राजनीतिक दलहरूमा पनि मान्छेहरू त यताउता भइरहन्छ नि । त्यसैले गर्दा यसलाई तितरबितर भन्न मिल्दैन । रिफ्रेस पनि गर्नुपर्यो नि । रिफ्रेस गर्दा कोही जान सक्छन्, कोही आउन सक्छन् । त्यसैले सबै पदाधिकारीहरूको नैसर्गिक अधिकार पनि हो । अध्यक्ष लड्छुभन्दा नलड त मैले भन्न मिल्दैन । म अर्को टिमबाट लड्छुभन्दा मैले रोक्न त मिल्दैन । त्यसैले यो तितरबितर नभई स्वाभाविक हो जस्तो लाग्छ मलाई । मान्छेका आफ्ना इच्छाआकांक्षाहरू हुन्छन् । मान्छेले चाहेको बाटोमा हि“ड्न त दिनुपर्यो नि । तर अभियान मुख्य कुरा हो । यो जारी छ । उहाँहरू अर्को ठाउँमा बसेर अभियान जारी राख्ने, यहाँ बसेर पनि अभियान जारी राख्ने नै हो । सबैको उद्देश्य त फुटबल विकास गर्ने हो । 

चेन्ज एन्फाको सबैभन्दा मुख्य तारो पूर्वअध्यक्ष गणेश थापा हुनुहुन्थ्यो । तपाईंहरू थापाकै विरोध गरेर नेतृत्वमा आउनुभयो । तर अहिले तपाईं आउँदो चुनावका लागि भनेर उहाँकै शरणमा पुग्नुभएको छ भन्ने आरोप छ नि ?

कर्माछिरिङ शेर्पा इथिक्सको पोलिटिक्स गर्छ । इथिक्सको आधारमा बसेर काम गर्छ । अब कहाँ को-को शरणमा पर्‍यो भन्ने कुरा चाहिँ तपाईंहरूले नै अध्ययन गर्दा राम्रो हुन्छ । र, मेरो नैतिकताले दिँदैन । इथिक्सका आधारमा अगाडि बढनुपर्छ । आफ्नो प्रतिबद्धताका आधारमा अघि बढनुपर्छ । हिजो अभियानमा जसरी हामी एकढिक्का भएर गयौं, जुन उद्देश्यका लागि हामी एकढिक्का भएका थियौं, त्यो उद्देश्य प्राप्तिमा अगाडि बढ्ने हो । म व्यक्तिको विरोध गरेर आएको होइन । फुटबलमा चेन्ज ल्याउन आएको हो । हिजो जुन पारदर्शिता थिएन, त्यो ल्याउन आएको हो । फुटबललाई चाहिने विभिन्न नीति नियमहरू, संगठनको स्ट्रक्चर बनाउने, कार्यालय सञ्चालन नियमावली बनाउने, आर्थिक नियमावली बनाउने, त्यो काम त हामीले सुरु गरिसकेका छौं । कुनै पनि संघको अहिलेसम्म ई–बिडिङ गर्ने पासवर्ड छैन, हामीसँग छ । हामी इ-बिडिङका आधारमा सबै टेन्डर गर्छौं । फिफाबाट आएको पैसा नेपाल सरकारसँग स्वीकृति लिएर मात्र गरिरहेका छौं ।

तपाई र गणेश थापाबीच आगामी चुनावलाई लिएर कुनै साठगाँठ, मोर्चाबन्दी वा भेटघाट छ कि छैन ?

मैले चुनावको तयारी नै गरेको छैन । चुनावको घोषणा पनि गरेको छैन । चुनावको तयारी नै गरेको छैन भने मैले किन कोहीसँग भेट्नुपर्छ, क्या । 

उसो भए तपाईंको इथिक्स वा अभियानलाई अब गणेश थापाको आवश्यकता परेको हो ?

होइन । मैले कहिल्यै आवश्यकता महसुस गरेको छैन । मेरो उहाँसँग कम्युनिकेसन पनि छैन । मैले अहिलेसम्म कुरा गरेको पनि छैन । मैले कसैलाई कुरा गर्न पठाएको पनि छैन । आरोप लगाउनुअघि प्रमाणित गर्नुपर्छ । मैले कुनै गठबन्धन गरेको छैन । मैले निर्वाचन लड्छु भनेर घोषणा गरेकै छैन । मेरो उद्देश्य भनेको मलाई चार वर्षको म्यान्डेट दिएको छ । त्यो चार वर्ष पूरा काम गरेरै समय बिताउनुपर्छ भन्ने मेरो धारणा हो ।

अन्त्यमा, तीन वर्षअघि तपाई प्रचण्ड बहुमतबाट निर्वाचित भएको चुनावअघि जसरी पूर्वअध्यक्ष गणेश थापाविरूद्ध सबै पक्षको मोर्चाबन्दी थियो, अहिले तपाईंविरुद्ध त्यस्तै भएजस्तो देखिन्छ ? तपाई पनि गणेश थापा भाग दुई हुन लाग्नुभएको हो ?

होइन । उहाँका विरुद्धमा मोर्चाबन्दी भएकै होइन । उहाँलाई साथीभाइहरूले मोर्चाबन्दी गरेर हटाएको होइन । उहाँलाई फिफाले नै कारबाही गरिसकेको थियो । मध्यावधि निर्वाचन भएको छ । त्यसमा नरेन्द्र (श्रेष्ठ) दाइ चुनाव लड्नुभएको छ । त्यसपछि कार्यकाल सकिएपछि चुनाव भएको हो । हामीले कुनै व्यक्तिविरुद्ध मोर्चाबन्दी गरेकै होइन । अहिले पनि मेरोविरुद्धमा मोर्चाबन्दी भएको होइन । व्यक्तिको नैसर्गिक अधिकार हो, चुनाव लड्न पाउनुपर्छ भन्नु त । त्यसलाई मोर्चाबन्दी भन्न मिल्दैन । 

‘चेन्ज एन्फा’ अभियान जारी छ त ?

चेन्ज एन्फा अभियान जारी छ । यसको नतिजा हामी चार वर्ष पूरा भएपछि फुटबलका सबै सरोकारवालाले थाहा पाउने गरी सार्वजनिक गर्छौ । ब्लुप्रिन्ट नै जारी हुन्छ ।

अन्त्यमा, केही भन्नु छ ?

नेपाली फुटबलका सरोकारवालालाई यो कोभिड-१९ का दौरान पनि फुटबलको विकासका लागि विभिन्न प्रोटोकलहरू छन् । त्योअनुसार आफ्नो गतिविधि, प्रतियोगिता र प्रशिक्षणहरू नियमित रूपमा जारी राख्न म अनुरोध गर्छु । हामीले कम्तीमा पनि खेलाडीलाई पूरा खोप लगाएर मात्र खेलाउने प्रतिबद्धता गरेका छौं । त्यसका लागि सरकारसँग कुरा गरिरहेका छौं । स्वास्थ्यमन्त्रीसँग पनि कुरा भइसक्यो । आगामी दिनमा गत वर्ष हुन नसकेका कार्यक्रमहरू सञ्चालन गर्ने यही खेलाडी डटकममार्फत सबैलाई जानकारी गराउन चाहन्छु ।


भिडियो
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।
NPL मा लगातार तेस्रो जित हासिल गरेपछि के भन्छन्, BIRATNAGAR KINGS का कप्तान SANDEEP LAMICHHANE
NPL को दोस्रो खेलमा लगातार पराजित भएपछि JANAKPUR BOLTS का HEAD COACH SHIVNARAYAN CHANDRAPAL
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI