भोला च्याम्पियन

काठमाडौं, (खेलाडी)- गलाक मुवाँथाइ क्लबका भोलाकुमार राई प्रथम गलाक मुवाँथाई फाइट अन्तर्गत पुरुष ६० केजी तौल समूहमा च्याम्पियन बनेका छन् ।

बुधबार  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भोलाले फ्रेन्डसिप वेल्फेयरका विवेक गडाललाई पराजित गरे ।

राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५४ केजी तौल समूहमा गोकर्णेश्वर मुवाँथाइ क्लबका लाक्पा तामाङले सुकेधारा मुवाँथाइ क्लबका आनन्द राईलाई हराए । 

त्यस्तै पुरुष ५६ केजी तौल समूहमा केन्द्रीय मुवाँथाइ क्लबका सन्दिप तामाङले गोकर्णेश्वरका दावा फुन्जु शेर्पालाई पराजित गरे । पुरुष ६३ केजी तौल समूहमा जिमखानाका करण वज्राचार्यले गोकर्णेश्वरका अब्राहम राई निराश पारे ।

पुरुष ५१ केजी तौल समूहमा सुकेधाराका तेज मगरले सुकेधाराकै यमन मोक्तान, ७२ केजी तौल समूहमा गोकर्णेश्वरका नवराज पराजुलीले गलाकका सलोन लेप्चा तथा ६५ केजी तौल समूहमा सुकेधाराका प्रवेश घिसिङले केन्द्रीयका एमडी रायनलाई पराजित गरे ।

एकदिने फाइटअन्तर्गत पुरुषतर्फ मात्र  सात तौल समूहमा भिडन्त भएको थियो । 

राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेश कक्षपतीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी काठमाडौंमा तीन महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट भएको जनाए  । त्यस्तै उत्कृष्ट दुई खेलाडीसँग् गलाकले वार्षिक अनुबन्ध गर्ने पनि अध्यक्ष कक्षपतिल