असार २६, २०८२ बिहीबार | २२:०२:५०
आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपमा झापाका रिसोन थापा र रिया श्रेष्ठ च्याम्पियन बनेका छन् ।  रिसोनले छात्र तथा रियाले छात्रातर्फको उपाधि जितेका हुन् ।

रिसोनले ९ चरणको खेलमा पूर्ण ९ अंक प्राप्त गरे । सिएम पुरुषोत्तम सिलवाल आठ अंकका साथ उपविजेता बने । सात अंक जोडेका प्रतिक सुवेदीले तेस्रो स्थानमा रहे ।

प्रतिकसँग समान सात अंक रहे पनि प्रोगेसिभ प्वाइटका आधारमा पछि पर्दै ललितपुरका अविक शाह चौथो र काठमाडौंका अग्रिम सैजु पाँचौं स्थानमा रहे ।

यसैगरी जुनियर छात्रातर्फ अपराजित रहँदै च्याम्पियन बनेकी काठमाडौंकी रियाले सात चरणको खेलमा पाँच जित र दुई बराबरी नतिजासँगै ६ अंक जोडिन् ।

बाँकेकी ईशा गिरीले ५.५ अंक र टाइब्रेकर ३३ प्वाइन्ट जोडेर उपविजेता बनिन् । ईशासँग समान अंक भए पनि टाइब्रेक प्वाइन्टमा पछि पर्दै दक्षिणकाली नगरपालिकाकी एन्जल महर्जनले तेस्रो तथा काठमाडौंकी दानिसा पुरीले चौथो स्थान हासिल गरे ।

काठमाडौंकै प्रिसियस अधिकारीले पाँच अंक जोडेर पाँचौं स्थानमा रहिन् ।

दुवैतर्फका शीर्ष पाँचले क्रमशः४० हजार, २५ हजार, १० हजार, ७ हजार ५०० र ५ हजार रुपौयाँ प्राप्त गरे । 

छात्र यु-८ मा शुभाङ्ग प्रधान, यु-१० मा आस्विक पोखरेल, यु-१२मा समृद्ध श्रेष्ठ, यु-१४  माओस्कार पन्थी, यु-१६ मा आद्यान्त काफ्ले र यु-१८ मा युनिक गौतम उत्कृष्ट ठहरिए ।

यसैगरी छात्रातर्फ यु-१० मा अग्रता आचार्य, यु १२ मा निहाना श्रेष्ठ, यु-१४ मा नेलिसा ओझा, यु-१६ मा ओजस्वी श्रेष्ठ र यु-१८ मा ग्लोसी श्रेष्ठ उत्कृष्ट भए ।

बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विजेता खेलाडीलाई पुरस्कार वितरण गरे । कार्यक्रममा पुरस्कार वितरण कार्यक्रम संयोजक दीपक तामाङ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, प्रवक्ता राजु ताम्राकारलगायतको उपस्थिति थियो ।


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM