काठमाडौं । घरेलु टोली नेपालले बंगलादेशविरुद्धको महिला कबड्डी श्रृंखला एक खेल अगाबै आफ्नो पक्षमा पारेको छ ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा जारी शृंखलाको चौथो खेलमा बिहीबार नेपालले २१-१७ को जित निकाल्यो ।
जितसँगै पाँच खेलको शृंखलामा नेपाल ३-१ ले अगाडि बढेको छ । नेपालका लागि आठ अंक योगदान गरेकी मानमति विष्ट ‘प्लेयर अफ म्याच’ बनिन् ।
यसअघि नेपाल ४१-१८ र २९-२२ तथा बंगलादेश २६-२३ ले विजयी भएका थिए । पाँचौं तथा अन्तिम खेल शुक्रबार हुने आयोजक अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
