श्रावण १५, २०८२ बिहीबार | १०:१८:२४
म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ

‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’

काठमाडौं । नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ विवादले आगामी दिन नेपाली खेलाडीलागि अफ्ठ्यारो हुने प्रतिक्रिया दिएका छन् ।

बिहीबार लामाले ओलम्पिक कमिटीको विवादका बारेमा बोलेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्यसचिव लामाले भने, ‘आजबाट विधिवत रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीको विवाद सुरु भएको छ,’ उनले भने, ‘खेलकुद विकास ऐन २०७७ मा एउटा मात्र ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यता प्राप्त गर्ने विधान ल्याएको थियो । विगतमा स्व. रुक्म शमशेर जवरा नेतृत्वको राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटी र ध्रुव बहादुर प्रधान नेतृत्वको आइओसीको मान्यता प्राप्त ओलम्पिक कमिटी चरम विवादपश्चात एकता भएर एउटा ओलम्पिक कमिटीमा रुपान्तरण भएको थियो ।’

पछिल्लो अवस्थामा सर्वोच्च अदालतले एनओसीको शनिबार हुने निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । ‘वर्तमान परिवेशमा ओलम्पिक कमिटीको विवाद चरम उत्कर्षमा पुगेको छ । यसले गर्दा नेपाली खेलाडीले आउने दिनमा कठीनाई भोग्नुपर्ने निश्चित छ ।’

अदालतको ‘तत्काल चुनाव नगर्नु’ भन्ने आदेशअनुसार प्रहरीले रोके पनि एनओसी नेतृत्वले पुस ८ गते  अनलाइनमार्फत मनोनयन दर्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीमा राज्यले प्रहरी लगाएर हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

बिहीबार कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । अदालतको आदेशको अवज्ञा गर्दै आएको एनओसीले विशेष साधारण सभाबाट विधान संशोधन गरेको थियो । उच्च अदालत पाटनले मंसिर १७ गते विधान संशोधन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

सरकारबाट पनि निर्वाचनको बन्देज लाग्दा पनि त्यसलाई अटेर गरेको एनओसीमा १९ सदस्यीय कार्यसमिति मध्ये १८ जना निर्विरोध भइसकेका छन् ।

एक अध्यक्षका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081