चैत्र १७, २०८२ मंगलबार | ०३:१३:१२
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’

काठमाडौं । नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ विवादले आगामी दिन नेपाली खेलाडीलागि अफ्ठ्यारो हुने प्रतिक्रिया दिएका छन् ।

बिहीबार लामाले ओलम्पिक कमिटीको विवादका बारेमा बोलेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्यसचिव लामाले भने, ‘आजबाट विधिवत रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीको विवाद सुरु भएको छ,’ उनले भने, ‘खेलकुद विकास ऐन २०७७ मा एउटा मात्र ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यता प्राप्त गर्ने विधान ल्याएको थियो । विगतमा स्व. रुक्म शमशेर जवरा नेतृत्वको राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटी र ध्रुव बहादुर प्रधान नेतृत्वको आइओसीको मान्यता प्राप्त ओलम्पिक कमिटी चरम विवादपश्चात एकता भएर एउटा ओलम्पिक कमिटीमा रुपान्तरण भएको थियो ।’

पछिल्लो अवस्थामा सर्वोच्च अदालतले एनओसीको शनिबार हुने निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । ‘वर्तमान परिवेशमा ओलम्पिक कमिटीको विवाद चरम उत्कर्षमा पुगेको छ । यसले गर्दा नेपाली खेलाडीले आउने दिनमा कठीनाई भोग्नुपर्ने निश्चित छ ।’

अदालतको ‘तत्काल चुनाव नगर्नु’ भन्ने आदेशअनुसार प्रहरीले रोके पनि एनओसी नेतृत्वले पुस ८ गते  अनलाइनमार्फत मनोनयन दर्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीमा राज्यले प्रहरी लगाएर हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

बिहीबार कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । अदालतको आदेशको अवज्ञा गर्दै आएको एनओसीले विशेष साधारण सभाबाट विधान संशोधन गरेको थियो । उच्च अदालत पाटनले मंसिर १७ गते विधान संशोधन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

सरकारबाट पनि निर्वाचनको बन्देज लाग्दा पनि त्यसलाई अटेर गरेको एनओसीमा १९ सदस्यीय कार्यसमिति मध्ये १८ जना निर्विरोध भइसकेका छन् ।

एक अध्यक्षका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो