श्रावण १५, २०८२ बिहीबार | १०:१९:२०
म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ

सरकारलाई राष्ट्रिय खेल महासंघको पाँच बुँदे माग

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग आबद्ध संघहरुको संस्था नेपाल राष्ट्रिय खेल संघहरुको महासंघले सरकारसमक्ष पाँच बुँदे माग राखेको छ ।

शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको भवनमा पत्रकार सम्मेलन गर्दै महासंघले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीप्रतिको असन्तुष्टि पोखेको थियो । पटकपटक लिखित तथा मौखिक रुपमा खेलाडी तथा खेल संघका समस्याबारे जानकारी गराए पनि मन्त्री चौधरीले कुनै चासो नदेखाएको महासंघका पदाधिकारीहरुको गुनासो थियो ।

राष्ट्रिय खेलकुद परिषद आफै आपसी द्धन्द्धमा फसेकोले खेलकुदमा गुणात्मक काम हुन नसकेको ठहर गर्दै महासंघले तत्काल १०औं राष्ट्रिय खेलकुदको घोषणा, परिषदमा रिक्त रहेका पदमा नियुक्ति तथा खेलकुद विकास ऐन संशोधनको विषयमा आफ्ना धारणा राख्यो ।

युवा तथा खेलकुद मन्त्रालयमा पटकपटक ध्यानाकर्षण गराउनाका बावजुद कुनै सम्बोधन नभएपछि बाध्य भएर पत्रकार सम्मेलन गरेको महासंघको भनाई थियो ।

महासंघले राष्ट्रिय खेलकुद परिषदको संरक्षक समेत रहेका प्रधानमन्त्रीसँगै युवा तथा खेलकुद मन्त्रालयसँग परिषदमा रिक्तरहेका पदाधिकारी तथा सदस्य तत्काल नियुक्ति गर्नुपर्ने माग राखेको छ । विगतमा यस्ता नियुक्ति व्यक्तिगत पहुँचको आधारमा हुने गरेकोमा अब राष्ट्रिय खेल संघको संस्थागत सिफारिसमा गरिनुपर्ने उनीहरुको माग छ ।

यसैगरी कर्णाली प्रदेशमा गर्ने भनिएको १०औं राष्ट्रिय खेलकुदको मिति तत्काल तोक्न, खेल संघको समेत संलग्नता रहने गरि राष्ट्रिय खेलकुद सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने, खेलाडीको खेल पोशाक एवं खेल सामाग्रीको गुणस्तर  परिक्षण गरिनुपर्ने, खेलाडीको आवास र खानपिनको उचित व्यवस्था हुनुपर्ने तथा खेलाडीलाई प्रतिस्पर्धाभन्दा कम्तिमा तीन दिनअगाडि प्रतियोगितास्थल पुर्याइनुपर्नेलगायतका माग महासंघले राखेको छ ।

त्यस्तै खेलकुद विकास ऐन संशोसनका लागि बनेको विधेयक तत्काल रोकी सरोकारवाला खेल संघहरुको छलफल र सुझावसहित अगाडि बढाउनुपर्ने माग महासंघले राखेको छ ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081