काठमाडौं । एसिया रग्बी सेभेन्स ट्रफीमा महिलातर्फ नेपालले पहिलो जित हासिल गरेको छ।
दशरथ रंगशालामा शुक्रबार नेपालले समूह चरणको खेलमा उज्वेकिस्तानलाई १२-७ को स्कोरमा पराजित गर्यो ।
समूह ‘ए’ रहेको नेपाल यसअघि फिलिपिन्ससँग ३२-०, ग्वामसँग १७-५ ले पराजित भएको थियो।
महिला टोली दुई पराजयपछि ‘बाउल’ विधामा प्रवेश गरेको छ।
यता, पुरुष टोलीले आफ्नो समूह चरणका दुवै खेलमा नेपालले पराजय ब्यहोरेको छ।उज्वेकिस्तानसँग २४-० को तथा बराइनसँग २७-७ ले पराजित भयो।
नेपाल र बहराइन दुवैलाई पराजित गर्दै उज्वेकिस्तान समूह ‘बी’ को विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा बहराइनले फिलिपिन्सको सामना गर्दैछ भने उज्वेकिस्तानले जोर्डनको सामना गर्दैछ।
‘च्यालेन्ज’ चरणमा नेपालले शनिबार कतारसँग खेल्नेछ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO