काठमाडौं । प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी हुन बंगलादेश जाने नेपाली उसु टोलीको बिदाई भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबार टोलीको बिदाइ गरे ।
९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली मंगलबार ढाका प्रस्थान गर्नेछ ।
अक्टोबर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा नेपालले सान्सौं र थाउलोमा प्रतिस्पर्धा गर्नेछ।
मनिराज राई, सुमांगीराज्यलक्ष्मी गौतम, अनिता तामाङ, सौगात चन्द, निश्चल तामाङ, ममता सुनुवार, प्राथना नेपाल, रुफस केसी र विराज सुनारले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रशिक्षकमा राजीव महर्जन र राज महर्जन, सहायक प्रशिक्षकमा सुवास परियार तथा व्यवस्थापकमा सुकमान लामा छन् ।
सोही प्रतियोगितामा सहभागी हुन तेक्वान्दो टोली भने सोमबारै ढाका प्रस्थान गरिसकेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।