चैत्र १७, २०८२ मंगलबार | ०३:११:५०
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

राष्ट्रिय भेट्रान च्याम्पियनसिपः बद्रीलाल लगातार दोस्रो पटक च्याम्पियन

बद्रीलाललाई ट्रफी प्रदान गरिँदै ।

काठमाडौं । ललितपुरका बद्रीलाल नेपालीले राष्ट्रिय भेट्रान चेस च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् । 

उनी २०७९ सालमा सम्पन्न पछिल्लो संस्करणको पनि च्याम्पियन हुन् ।

नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको च्याम्पियन बनेसँगै बद्रीले ४० हजार रुपेयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

धादिङको थांक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा तीन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीले सात चरणको खेलमा पाँच जित र दुई बराबरीको नतिजासहित ६ अंक जोडे । बद्री २१२४ रेटिङ पर्फोम गर्दै व्यक्तिगत २८ रेटिङ समेत वृद्धि गर्न सफल भएका छन् ।

प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले ५.५ अंक जोडेर उपविजेता बने । १८६६ रेटेड काठमाडौंका नविनले २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

लामो समयपछि बुद्धिचालमा पुनरागमन गरेका पूर्व नेपाल च्याम्पियन एफएम बिलमलाल श्रेष्ठले तेस्रो स्थान हासिल गरे ।

ललितपुरका १९८७ रेटेड एफएम बिलमलालले समान पाँच अंक भए पनि डाइरेक्ट इन्काउन्टर, बुचोल्ज टाइब्रेक गेम प्वाइन्ट कट वान र कट टु, मोस्ट विन ब्लाकका आधारमा भक्तपुरका जगन्नाथ ताम्राकार तथा ताप्लेजुङका हर्कबहादुर चोङ्वाङलाई पछि पारे ।

बिलमले १५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र हात पारे । चौथो भएका जगन्नाथले १० हजार र पाँचौं भएका र्हकले ८ हजार रुपैयाँ  पाए ।  

यस्तै काठमाडौंका १८४३ रेटेड सिएम भगवतीप्रसाद शमाले छैटौं तथा भक्तपुरका १८४५ रेटेड गणेशमान दुवालले सातौं स्थानमा रहँदै समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल बुद्धिचाल महासंघले २०६६ सालदेखि राष्ट्रिय भेट्रान च्याम्पियनसिप प्रतियोगिता गर्दै आएको छ ।

धादिङ जिल्ला बुद्धिचाल संघले यसै अवसरमा सातचरणको जिल्ला च्याम्पियनसिप प्रतियोगिता पनि सम्पन्न गरेको छ । प्रतियोगितामा निराजु लामा ६ अंकसहित प्रथम, मनिष कोइराला ५.५ अंक जोडेर द्वितीय र रमेश हमाल ५ अंक जोड्दै तृतीय स्थानम रहे ।

उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार कार्की र धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीले पुरस्कार वितरण गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो