काठमाडौं । हंगेरीको बुढापेस्टमा भएको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा नेपालका विवेक थिङले रजत पदक प्राप्त गरेका छन् ।
नेपालका विवेक थिङ्ले अन्तिम चरणको खेलमा हंगेरीका टोरोक तामोसलाई पराजित गरे । यससँगै सिएम विवेकले ९ चरणको खेलबाट ८ अंक जोडे । उनले ३०० युरो प्राप्त गरे ।
हंगेरियन आइएम मेस्जारोस आन्द्रासको समान समान ८ अंक नै भए पनि बुकोल्ज र प्रोग्रेसिभ अंकको आधारमा विजेता बने । उनलाई विवेकले तेश्रो चरणमा विवेकले पराजित गरेका थिए ।
बुढापेष्टको स्पोर्टस हलमा सेप्टेम्बर १२ देखि सञ्चालन भएको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक चेस २१ सेप्टेम्बर सम्म जम्मा ९ चरणको खेल सञ्चालन भएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
