काठमाडौं । अखिल नेपाल कबड्डी संघले राष्ट्रिय निर्णायक तथा प्रारम्भिक प्रशिक्षक तालिम शुक्रबारदेखि सुरु गरेको छ ।
तालिमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरे ।
तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी छन् । यसैगरी ७० जनाले भने दुवै तालिम लिएको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।
सहभागीलाई भारतीय प्रो कबड्डीका निर्णायक अजित, प्रो कबड्डीकै प्रशिक्षक श्रीनिवासन रेड्डी, महासचिव झालगायतले प्रशिक्षण दिने छन् ।
सैद्धान्तिक तालिम टेकु तथा व्यवहारिक तालिम त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । तालिम भदौ २७ गतेसम्म सञ्चालन हुनेछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
