काठमाडौं । मुँवाथाइ खेलाडी गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण लिने भएका छन् ।
एक महिने प्रशिक्षणका लागि उनी बुधबार त्यसतर्फ जाँदैछन् । प्रशिक्षणका दौरान गुणराजले अस्ट्रेलियामा हुने प्रतियोगितामा पनि सहभागिता जनाउने छन् ।
गुणराजलाई लिजेन्ड्स एकेडेमी पर्थले यो अवसर प्रदान गरेको हो । उनको सम्पूर्ण खर्च लिजेन्ड्सले नै व्यहोर्ने बताइएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलालघिसिङले गुणराजलाई मंगलबार बिदाइ गरे ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा गुणराजले हासिल गरेको सबै भन्दा ठूलो उपलब्धी गत मार्च १९ मा थाइल्यान्डमा भएको १९औं विश्व मुवाँथाइ च्याम्पियनसिपअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जित्नु हो ।
विश्व च्याम्पियनसिपको सेमी प्रोमा यो उपलब्धी हासिल गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
