कार्तिक ४, २०८२ मंगलबार | १२:४२:००
शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा

बुढानीलकण्ठ च्याम्पियन

काठमाडौं । बुढानीलकण्ठ डोजोले प्रथम बुढानीलकण्ठ मेयर कप काठमाडौं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

बुढानीलकण्ठले १२ स्वर्ण, ५ रजत र १० कांस्य पदक प्राप्त गर्यो । बुढानीलकण्ठ नगरपालिकाको आयोजना तथा नेपाल सितोरियो कराते शाखा डोजो गल्फुटारको समन्वयमा भएको प्रतियोगितामा गोल्फुटार समान पाँच स्वर्ण, रजत र कांस्य पदकका साथ उपविजेता बन्यो ।

तेश्रो स्थानको श्रीयन्त्रले तीन स्वर्ण, चार रजत र तीन कांस्य हात पार्यो । एक स्वर्ण, तीन रजत र तीन  कांस्य पदककासाथ स्टार स्कुल चौथो स्थानमा रह्यो ।

प्रतियोगिताको पुरुषमा बुढानीलकण्ठका लक्ष्मण बराल तथा महिलामा गोल्फुटारकी सुष्मा राई उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा श्रीयन्त्रका गोइदुप तामाङ र महिलामा क्यामेलियाकी विशिका मगर उदीयमान खेलाडी चुनिए ।

यसैगरी मुलपानी डोजोले अनुशासित टिमको ट्रफी हात पार्दा प्रोग्रेसिभ स्कुल मार्च पास्टमा उत्कृष्ट ठहरियो ।

विजेतालाई बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी, खेलकुद बोर्डका संयोजक एवं वडा-८ का अध्यक्ष सुमन तामाङलगायतले पुरस्कृत गरे ।

सो अवसरमा एकेएफ निर्णायकत्रय सिर्जना अधिकारी, हीरादेवी राई, शान्ति तामाङलगायत बुढानीलकण्ठका सिनियर खेलाडीलाई सम्मान पनि गरिएको थियो ।


भिडियो
Private video
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा