कार्तिक ४, २०८२ मंगलबार | १२:४५:१७
शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा

नेपाल प्रहरी च्याम्पियन

महिला ६८ केजीमाथीमा पदक विजेतालगायत ।

काठमाडौं । विभागीय टोली नेपाल प्रहरी चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा प्रहरीले १२ स्वर्ण र एक रजत जित्यो । च्याम्पियन बनेको प्रहरीले १ लाख रुपैयाँ प्राप्त गर्यो ।

दोस्रो भएको एपिएफले तीन स्वर्ण, दुई रजत र ६ कांस्य पदक जित्यो । एपिएफले ५० हजार हात पार्यो। दुई स्वर्ण, तीन रजत र पाँच कांस्यसहित तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले २५ हजार रुपैयाँ पायो ।

प्रतियोगितामा पुरुषतर्फ एपिएफका मोहम्मद शेखु आलम र माहिलातर्फ प्रहरीकी वर्षा बुढा मगर उत्कृष्ट खेलाडी चुनिए । दुवैलाई जनही २५ हजार प्रदान गरियो।

प्रतियोगितामा बागमती प्रदेशका सलमान मोहम्मद पुरुष तथा  कर्णालीकी प्रियंका शाही महिलातर्फ उदयीमान खेलाडी बने ।‌ उनीहरूलाई अन्तराष्ट्रियस्तरको खेल सामाग्री प्रदान गरिएको छ। बागमती प्रदेश अनुशासित टिम बन्यो ।

प्रतियोगिताको अन्तिम दिन आइतबार महिला ६८ केजीमाथीमा एसियन गेम्सकी ऐतिहासिक रजत विजेता नेपाल प्रहरीकी एरिका गुरुङले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बागमतीकी महिमा राईलाई ८-० को फराकिलो अन्तरले पराजित गरिन् । गण्डकीकी सुनिता थापाले र्कास्य पदक हात पारिन्।

महिला ६८ केजीमुनिको फाइनलमा प्रहरीक रोजिता ढुंगेलले आर्मीकी सानु तामाङलाई ४-३ को स्कोरमा हराइन् । एपिएफकी विनिता श्रेष्ठ र कोशी प्रदेशकी प्रकृती दुम्जनले कांस्य पदक पदक प्राप्त गरे।

महिला ५० केजीमा प्रियंका शाहीले गण्डकी प्रदेशकी प्रिती तामाङलाई १२-२ को सहज स्कोरले पराजित गर्दै स्वर्ण पदक चुमिन् । एपिएफकी दीपा लामा र कर्णाली प्रदेशकी ममता नेपाली तेस्रो भए ।

पुरुष ६० केजीमा एपिएफका मीनबहादुर तामाङले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका राकेश लामालाई ९(१ को स्कोरमा माथ दिए। बागमतीका लिजन साउद र गण्डकी प्रदेशका सुनुल गुरुङले कांस्य पदक जिते  ।

पुरुष ८४ केजीमाथीको स्पर्धामा एपिएफका तेन्जिङ शेर्पाले पुलिसका आशिष श्रेष्ठलाई ९-० ले पराजित गर्दै स्वर्ण जिते । गण्डकी प्रदेशका प्रविण कुँवर र आर्मीका संगम भुजेलले कांस्य पदक प्राप्त गरे।

प्रतियोगितामा सात  प्रदेश र ३ विभागीयका गरि २१० खेलाडीको सहभागीता थियो । नेपाल कराते महासंघको ललितपुर जिल्ला मेन डोजोद्वारा आयोजित प्रतियोगितामा १७ स्पर्धा समावेश थियो ।


भिडियो
Private video
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा