फाल्गुन २५, २०८२ सोमबार | ११:२०:१६
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा आइतबार मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडले विजयी हासिल गर्दा लालिगुराँस एसोसिएसनले लगातार दोस्रो खेलमा दुई अंक गुमाएको छ ।

दिनको तीनवटै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो । बिहान १० बजे भएको पहिलो खेलमा मछिन्द्रले जावलाखेल युवा क्लबको चुनौती २-० ले पन्छायो । दुबै गोल जोनाथन क्यान्टिलानाले गरे ।

जितसँगै मछिन्द्र ८ खेलमा १९ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । दिनको तेस्रो खेल हुनुअघि मछिन्द्र तेस्रो स्थानमा थियो । पछि चर्च ब्वाइजको जितसँगै मछिन्द्र गोल भिन्नतामा पछि पर्दै एक स्थान तल झर्यो । जावलाखेलले भने हारसँगै एक स्थान सुधार गर्ने मौका गुमायो । समान खेलमा जावलाखेल ९ अंक जोड्दै नवौं स्थानमा छ ।

दिनको दोस्रो खेलमा लालिगुराँसलाई संकटा एफसीले गोलरहित बराबरीमा रोक्यो । यो बराबरीसँगै लालिगुराँसले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । पछिल्लो खेलमा पनि लालिगुराँस फ्रेन्ड्स क्लबसँग १-१ को बराबरी खेलेको थियो ।

लालिगुराँस अहिले ९ खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा छ । संकटा समान खेलमा १० अंक जोड्दै आठौं स्थानमा छ ।

अन्तिम खेलमा सर्ज डिकाको गोल निर्णायक बन्दा चर्च ब्वाइजले सातदोबाटो युवा क्लबमाथि १–० को संघर्षपूर्ण जित हासिल गर्यो । सातदोबाटो ७ खेलमा ६ अंक जोड्दै पुछारबाट तेस्रो स्थानमा छ ।

लिगमा सोमबार तीन खेल हुनेछन् । सबै खेल दशरथ रंगशालामा आइतबारकै समयमा हुनेछन् । पहिलो खेलमा फ्रेन्ड्स र श्री भगवती क्लब भिड्नेछन् । त्यस्तै दोस्रो खेलमा शीर्ष स्थानको एपिएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्नेछ । अन्तिम खेलमा नेपाल पुलिस क्लबको भेट विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबसँग हुनेछ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||