माघ १९, २०८२ सोमबार | २३:५०:४४
राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता

राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा सोमबारका दुबै खेल गोलरहित बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा सम्पन्न पहिलो खेलमा चित्लाङ एफसीले सातदोबाटो युवा क्लबसँग अंक बाँड्यो । यो नतिजापछि दुबैले ५ खेल सकिँदा ५ अंक जोडेको छ ।

दिनको दोस्रो खेलमा मछिन्द्र क्लबले पहिलोपटक अंक गुमायो । पछिल्ला ४ खेलमा शतप्रतिशत जित निकालेको मछिन्द्रले लालिगुँरास एसोसिएसन क्लबविरुद्ध आज गोल गर्न सकेन । अर्को अपराजित टोली लालिगुँरासले पनि बराबरीसँगै शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । लालिगुँरासको यो दोस्रो बराबरी हो ।

मंगलबार तीन खेल हुनेछन् । बिहान ११ बजे हुने पहिलो खेलमा न्युरोड टिम(एनआरटी) र एपिएफ क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यो खेल सातदोबाटोमा हुनेछन् ।

त्यसपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् । दिउँसो २ बजे नव जनजागृति क्लबले जावलाखेल युवा क्लबको सामना गर्नेछ । त्यसपछि साँझ ६ः३० बजे मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबसँग खेल्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।