फाल्गुन २१, २०८२ बिहीबार | ०८:५४:५६
आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित

राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि

काठमाडौं । बाल क्रिकेटको विकास तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यु-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ १ देखि २८ गतेसम्म राजधानीको सिफल ग्राउण्डमा सञ्चालन हुनेछ ।

आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अनुसार प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहनेछ । तीमध्ये आठ टोली उपत्यका बाहिरका छन् भने अन्य टोली उपत्यका भित्रका हुन् । जिल्ला स्तरका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको घोषणा गर्दै आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अध्यक्ष सुनिल मान अमात्यले नेपाललाई भविष्यमा टेस्ट राष्ट्र बनाउने लक्ष्यका साथ यस्ता उमेर समूहका प्रतियोगिता आयोजना गरिएको बताए । उनले यस्ता प्रतियोगिताले उमेर समूहका क्रिकेटर उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितालाई ‘अनुपम फुडल्याण्ड’ले मुख्य प्रायोजन गरेको छ । पत्रकार सम्मेलनमा प्रायोजक अनुपम फुडल्याण्डका प्रबन्ध निर्देशक मधु पन्थीले उमेर समूहको क्रिकेट विकासमा आयोजकले चालेको कदमलाई साथ दिन प्रायोजन गरिएको बताए । यस्तै, प्रतियोगिताका ‘टेक्निकल डाइरेक्टर’ रवीन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी गराए ।

प्रतियोगिताको उत्कृष्ट ९० खेलाडी छनोट गरेर ६ वटा टोली बनाइने र उनीहरुलाई सिंगल राउण्ड रोबिन फम्र्याटमा सेतो जर्सीमा खेलाइने आयोजकले घोषणा गरेको छ ।

उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार ३० हजार र द्वितीय पुरस्कार २० हजार तोकिएको छ । त्यस्तै म्यान अफ द सिरिजलाई किटब्याग, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट तथा उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ ।

राइजिङ स्टार यु-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिताले भविष्यका क्रिकेट प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||