पुस २७, २०८२ सोमबार | २१:२०:००
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि

काठमाडौं । बाल क्रिकेटको विकास तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यु-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ १ देखि २८ गतेसम्म राजधानीको सिफल ग्राउण्डमा सञ्चालन हुनेछ ।

आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अनुसार प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहनेछ । तीमध्ये आठ टोली उपत्यका बाहिरका छन् भने अन्य टोली उपत्यका भित्रका हुन् । जिल्ला स्तरका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको घोषणा गर्दै आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अध्यक्ष सुनिल मान अमात्यले नेपाललाई भविष्यमा टेस्ट राष्ट्र बनाउने लक्ष्यका साथ यस्ता उमेर समूहका प्रतियोगिता आयोजना गरिएको बताए । उनले यस्ता प्रतियोगिताले उमेर समूहका क्रिकेटर उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितालाई ‘अनुपम फुडल्याण्ड’ले मुख्य प्रायोजन गरेको छ । पत्रकार सम्मेलनमा प्रायोजक अनुपम फुडल्याण्डका प्रबन्ध निर्देशक मधु पन्थीले उमेर समूहको क्रिकेट विकासमा आयोजकले चालेको कदमलाई साथ दिन प्रायोजन गरिएको बताए । यस्तै, प्रतियोगिताका ‘टेक्निकल डाइरेक्टर’ रवीन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी गराए ।

प्रतियोगिताको उत्कृष्ट ९० खेलाडी छनोट गरेर ६ वटा टोली बनाइने र उनीहरुलाई सिंगल राउण्ड रोबिन फम्र्याटमा सेतो जर्सीमा खेलाइने आयोजकले घोषणा गरेको छ ।

उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार ३० हजार र द्वितीय पुरस्कार २० हजार तोकिएको छ । त्यस्तै म्यान अफ द सिरिजलाई किटब्याग, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट तथा उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ ।

राइजिङ स्टार यु-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिताले भविष्यका क्रिकेट प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||