काठमाडौं । ब्राजेलियन स्टार राफिन्हाको दुई गोलप्रेरित बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई ५–० ले पराजित गर्दै स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति साउदी अरेबियाको जेद्दामा भएको खेलमा बार्सिलोना सजिलो जित निकाल्न सफल भयो । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियनका लागि फेरान टोरेस, फेरमिन लोपेज र रोनी बारडघाजीले पनि समान एक गोल गरेकाथिए ।
अब बार्सिलोनाले फाइनलमा रियल म्यड्रिड र एट्लेटिको म्याड्रिडबीच हुने अर्को खेलको विजेताको सामना गर्नेछ ।
स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको यो सबै प्रकारको प्रतियोगितामा गरेर लगातार नवौं जित हो । गत वर्ष ला लिगा र कोपा डेल रे उपाधि जितेको बार्सिलोनाले स्पेनिस सुपरकप पनि जितेको थियो ।
भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
