काठमाडौं । आयोजक नेपाल पुलिस स्कुल साँगा ‘रेड’ले ३१औं अन्तर विद्यालय आई.जी.पी फुटबल रनिङ ट्रफी २०८२ को उपाधि हासिल गरेको छ ।
शुक्रबार साँगास्थित आफ्नो घरेलु मैदानमा नेपाल पुलिस स्कुलको भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १–० ले हरायो । पुलिसका लागि रुनी विक्रम शाहले खेलको नवौं मिनेटमा निर्णायक गोल गरे ।
उपाधिसँगै पुलिसले ६० हजार रुपैयाँ हासिल गर्यो । त्यस्तै उपविजेता सैनिकले ४० हजार रुपैयाँमा चित्त बुझाउँदा तेस्रो भएको पिस प्वाइन्ट स्कुलले २० हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा च्याम्पियन टोलीका विंगर मनिष बर्नाइट सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै पुलिसकै समीर थापा सर्वोत्कृष्ट गोलकिपर चुनिँदा सैनिकका निरज अधिकारीले उदीयमान खेलाडीको पुरस्कार जिते ।
विजेता टोली र खेलाडीलाई नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुरस्किृत गरे ।
मंसिर १७ बाट सुरु भएको प्रतियोगितामा काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, धरान र चितवनका कूल १४ विद्यालयबाट १५ टोलीले सहभागिता जनाएका थिए । आयोजकबाट ‘रेड’ र ‘ब्लु’ गरि दुई टोलीको सहभागिता थियो ।
