पुस ३, २०८२ शुक्रबार | १२:०८:०४
राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना रियाल बेटिस विजयी एसि मिलानलाई हराउँदै नापोली फाइनलमा गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना रियाल बेटिस विजयी एसि मिलानलाई हराउँदै नापोली फाइनलमा गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी

मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताअन्तर्गतको खेलमा ढिलोगरि मैदान प्रवेश गरेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)माथि २ हजार अमेरिकी डलर जरिवाना लागेको छ ।

एएफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम चरणअन्तर्गत गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध भएको खेलको पहिलो हाफमा १ मिनेट २० सेकेन्ड तथा दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड ढिलो मैदान प्रवेश गरेको भन्दै एएफसीले नेपालमाथि नगद जरिवाना गरेको हो ।

एएफसीको अनुशासन तथा इथिक्स समितिको यही डिसेम्बर १५ मा बसेको बैठकले उक्त खेलमा त्यतिनै समय ढिलाई गरेको आरोपमा घरेलु टोली मलेसियालाई पनि जरिवाना गरेको छ । मलेसियामाथि भने २५ सय डलर जरिवाना गरिएको छ ।

यसैगरी त्यही खेलमा प्लेयर अफ दी म्याच भएका मलेसियाका रक्षक मोहम्मद फैसल बिन अब्दुल हलिममाथि पनि नगद जरिवाना गरिएको छ ।

उनी प्लेयर अफ दी म्याच भएपछि पोष्ट म्याच पत्रकार सम्मेलनमा उपस्थित नभएका कारण जरिवानामा परेका हुन् । उनलाई एएफसीको अनुशासन समितिले १० हजार डलर जरिवाना गरेको छ ।

आफ्ना खेलाडीलाई नियमअनुसार पोष्ट म्याच पत्रकार सम्मेलनमा उपस्थित नगराएको मुल्य मलेसिया फुटबल संघले पनि जरिवाना तिरेर चुकाउनु परेको छ । मोहम्मद पत्रकार सम्मेलनमा उपस्थित नभएको विषयमा मलेसिया फुटबल संघमाथि पनि १० हजार डलर जरिवाना गरिएको छ ।

एन्फा, मलेसिया फुटबल संघ तथा मलेसियाली रक्षक मोहम्मदले जनवरी १५ सम्ममा जरिवाना तिरिसक्नुपर्ने एएफसीको निर्णयमा उल्लेख छ ।

नेपाल प्रतियोगिताको समूह ‘एफ’को पुछारमा सीमित भएर अर्को वर्ष साउदी अरेबियामा हुने प्रतियोगिताबाट बाहिरिएको थियो । समूहका पाँच मध्ये सबै खेलमा हार बेहोरेको नेपालले अंकको खाता समेत खोल्न सकेको थिएन ।

भियतनाम र लाओससमेत सम्मिलित नेपालको समूहबाट शीर्ष स्थानमा रहँदै मलेसिया साउदी अरेबियाका लागि छनोट हुँदा भियतनाम समूहका पाँच खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा रह्यो भने लाओसले तीन अंक जोडेको थियो । 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team