मंसिर १, २०८२ सोमबार | १०:२६:५८
नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा

नर्वे २८ वर्षपछि विश्वकपमा

काठमाडौं ।  इटालीविरुद्ध ४-१ को पुनरागमन जित निकाल्दै नर्वे २८ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ ।

नर्वेले पछिल्लो पटक सन् १९९८ को फिफा विश्वकप खेलेको थियो । टोली सग्रगमा चौथो पटक विश्वकपमा पुगेको हो ।

सान सिएरोमा पाहुना टोली नर्वेलाई जित दिलाउन एर्लिङ हालान्डले दुई तथा एन्टोनियो नुसा र जोर्गेन लार्सनले समान एक गोल गरे । इटालीका लागि फ्रान्सिस्को पियो एस्पोसिटोले गोल गरे ।

खेलको ११औं मिनेटमा एस्पोसिटोको गोलमार्फत इटालीले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।

नुसाले ६३औं मिनेटमा नर्वेलाई बराबरीमा ल्याए । हालान्डले ७८ र ७९औं मिनेटमा गोल गर्दा नर्वेको अग्रता ३-१ मा पुग्यो ।

इन्जुरी समयमा लार्सनले टोलीका लागि चौथोे गोल गरे ।

नर्वे आगामी विश्वकपमा छनोट हुने पाँचौं युरोपियन तथा समग्रमा ३२औं राष्ट्र हो ।

यसअघि युरोपबाट इङ्ल्यान्ड ,फ्रान्स, कोएसिया र पोर्चुगल, अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, आइभोरी कोस्ट, केप भर्डे र सेनेगल, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, कतार, साउदी अरेबिया र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।

४८ टोलीको सहभागिता रहने फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President