मंसिर १, २०८२ सोमबार | ०८:२८:४४
नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा

एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं । साबिक विजेता जनकपुर बोल्ट्सले सोमबारबाट नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि रक्षा अभियान सुरु गर्दैछ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपिएल सिजन २ को पहिलो खेलमा जनकपुरले आज काठमाडौं गोर्खाजको चुनौती सामना गर्नेछ । खेल साँझ ४ बजे हुनेछ ।

गत सिजन जनकपुरले काठमाडौंलाई सहजै हराएको थियो । एहिसाबमा जनकपुरले त्यो खेल एकतर्फी रुपमा जित्यो । १०१ रनको सामान्य लक्ष्य जनकपुरले २५ बल बाँकी छँदै पूरा गरेको थियो ।

गत वर्ष जनकपुर लिग चरणको अंकतालिकामा दोस्रो भएको थियो । काठमाडौंबाहेक, अन्य खेलमा जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सविरुद्ध समान ८ विकेट, पोखरा एभेन्जर्सविरुद्ध ७ विकेट र लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग भने टोलीले क्रमशः ७२ र ३२ रनको हार बेहोर्यो ।

यस्तै, प्रतियोगिताको पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटको हार बेहोरेको जनकपुरले दोस्रो क्वालिफायरमा भने कर्णालीविरुद्ध २ विकेटको जित निकालेको थियो । लिग र क्वालिफायर्समा दुई पटक पराजित भएको जनकपुरले फाइनलमा भने सुदूरपश्चिलाई नै पाँच विकेटले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।

पहिलो संस्करणमा काठमाडौं, नेट रनरेटमा चुकेपछि प्लेअफमा पुग्न असफल भएको थियो । घरेलु खेलाडी नचल्दा टोलीले सोचेअनुरुपको प्रदर्शन गर्न सकेको थिएन ।

काठमाडौंले गत संस्करण सातमध्ये तीन खेल हारेको थियो । काठमाडौंले कर्णाली याक्स, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सलाई हराउँदा समूह चरणका शीर्ष तीन टोलीः सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राइनोजसँग हार बेहोरेको थियो ।

पहिलो सिजन नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको नेतृत्वमा रहेको जनकपुर यसपटक भने वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको प्रशिक्षणमा मैदानमा उत्रिँदैछ ।

यसअघि नेपाली राष्ट्रिय टिमकै पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको प्रशिक्षणमा उपाधि उचालेको जनकपुर यसपटक भने वेस्ट इन्डिजका शिवनारायण चन्दपालको प्रशिक्षणमा मैदान उत्रिने छ ।

दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल जनकपुरले प्रतियोगिताका निम्ति भित्र्याएका चर्चित नाम हुन् । यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन् । यस्तै, पहिला संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि निरन्तरता दिएको छ । यसबाहेक, सञ्जय कृष्णमुर्ती (अमेरिका) र निकोल लोफ्टी इटोन (नामिबिया) हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएका अन्य दुई नाम हुन् । यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसमको साथ पाएको जनकपुरमा यसपटक भने उनको उपस्थिती रहने छैन ।

जनकपुरले पहिलो संस्करणका मार्की आसिफ सेखा र कप्तान अनिल शाहसँगै ललितनारायण राजवंशी, सुभ कशांकार, तुलबहादुर थापा, किशोर महत्तो र रुपेश सिंहलाई रिटेन गरेको थियो । यस्तै, जनकपुरले अक्सनबाट सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्रीलाई भित्र्याएको थियो ।

काठमाडौंले यसपाली भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको भूमिकामा नियुक्त गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी सन् २०२३ को फेब्रुअरी देखिका दुई वर्ष नेपाली टोलीको मुख्य प्रशिक्ष्ँकको जिम्मेवारीमा थिए ।

आसन्न एनपिएलमा काठमाडौं विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली हो । टोलीले पहिलो विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर÷ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको थियो । त्यसपछि काठमाडौंले स्कटल्यान्डका जेरहार्ड इरस्मससँग सम्झौता नवीकरण गरेको थियो ।

अमेरिकी अलराउन्डर मिलिन्ड कुमार, भारतीय मूलका अमेरिकी खेलाडी सन्नी पटेल र इङ्ल्यान्डका खेलाडीद्धय बेन चाल्र्सवर्थ र जोन सिम्पसन पनि टोलीमा जोडिएका छन् ।

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई भित्र्याएको थियो ।

जनकपुरको टोली
आसिफ शेख (मार्की), अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह,  तुलबहादुर थापामगर, मयन यादव, आदित्य महता, विकास अग्री, सचिन भट्टलाई, लाहिरु मिलन्था, वायने पार्नेल, इम्रान ताहिर, जान निकोल लोफ्टी इटोन, सञ्जय कृष्णमुर्ती

काठमाडौं गोर्खाज
करण केसी (मार्की) भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, बेन चाल्र्सवर्थ र सन्नी पटेल


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President